Wednesday, May 13, 2020

एटीएममा पैसा झिक्न जाँदा कोरोनाको संक्रमणबाट बच्न यी काम नविर्सनु होला ?

काठमाडौँ बैशाख ३१
     कोरोना भाइरस संसारभर फैलदैछ र यसबाट संक्रमित हुनेहरूको संख्या निरन्तर बढिरहेको छ । विश्वभरी भौतिक वस्तुसँगको सम्पर्कभन्दा बाहिर बस्ने भनिएको छ र मानिसहरुमा भौतिक दुरी राख्न भनिएको छ ।

यसमा दैनिक जीवन सञ्चालन पर्ने खर्चको जोहो गर्नपनि अनलाइन वा डिजिटल प्रविधिको प्रयोग बढीभन्दा बढी गर्न भनिएको छ । तर, सबै मासिनमा यो प्रविधि सञ्चालन गर्ने ज्ञान र क्षमता हाम्रो जस्तो देशमा दिएको छैन ।

यसैले सबै जसोको पहुँच र सहज रुपमा उपलब्ध रहेको एटीएमबाट धेरैले रकम निकाल्ने गरेका छन् । एटीएमबाट पैसा निकाल्ने क्रममा केहि विशेष सावधानी अपनाउनु पर्नेछ हुन्छ । त्यहा हुने कोरोनाको संक्रमणबाट बच्न सक्नुहुन्छ ।

१. जब तपाईं घरबाट बाहिर निस्कनुहुन्छ भने एउटा सेनिटाइजर आफूसँगै राख्नुहोस् । यदि तपाईंले कुनै स्थानमा छोइसक्नु भएको छ भने, हातहरू तुरुन्तै सेनिटाइजरले सफा गर्नुहोस् ।

२. यदि कोहि एटीएम भएको कोठामा पहिलेदेखि नै छ भने, भित्र जाने प्रयास नजानुहोस् । जबसम्म त्यो व्यक्ति पैसा लिएर बाहिर आउँदैनन, तपाईं आफ्नो पालो कुर्दै थोरै दुरीमा नै बस्नुहोस ।

३. अर्को तपाईले घरबाट निस्कदा भिजेको रुमाल वा टिस्यू लिएर बाहिर निस्कनुहोस् । एटीएमको लाइनमा उभिदा अनुहार, नाक र मुख छुने नगर्नुहोस । लाइनमा व्यक्तिबाट एक मिटर दूरी बस्नुहोस ।

४. एटीएमको रुपमा अन्य कुनै पनि चीज छुने नगर्नुहोस् । यदि गल्तिले कुनै स्थान छोएमा, आफ्नो हात तुरुन्तै सफा गर्नुहोस् र हातहरू सेनिटाइजरले सफा गर्नुहो ।

५. यदि परिचित व्यक्ति एटीएमको लाइनमा उभिएको बेलामा भेटभएमा हात मिलाउनुको सट्टा, नमस्कार वा टाढाबाट हेल्लो भन्नुहोस्।

६. यदि तपाईंलाई रुघाँ र खोकी छ भने, बाहिर नजानुहोस् । यदि तपाईं एटीएममा खडा हुँदा अचानक हाछ्यू आयो भने आफ्नो मुखलाई पाखुरा वा टिस्यूले छोप्नुहोस्।

७. प्रयोग गरिएको टिस्यू र मास्क एटीएमको डस्टबिनमा नहाल्नुहोस । यसले अरूलाई संक्रमण फैलाउन सक्छ ।

८.पहिलो त तपाईंको सम्पूर्ण आर्थिक कारोबार अनलाइनबाट नै गर्ने प्रयास गर्नु होस यस समयमा पूर्ण डिजिटल हुनु ठीक छ । सबै भुक्तानी र आर्थिक लेनदेन अनलाइन गर्नुहोस् ।

No comments:

Post a Comment