Thursday, May 21, 2020

HESRA ले बन्दाबन्दी पिडित चक्रघट्टाका जनताहरुमा खाद्यान्न वितरण गरे


लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ ८ गते ।   
         स्वाथ्य सेवा तथा उद्धार संघ (HESRA) नामक गैरसरकारी संस्थाले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका ७० घरपरिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।       कोरोना भाइरस(कोभिड १९)बढ्दो संक्रमणका कारण बिगत तीन महिनादेखि जारी बन्दाबन्दीले रोजगारी गुमाएर बोरोजगारी मार झेल्दै आएका अती विपन्न , दलित, एकल महिला तथा दैनिक ज्यादारी गरेर जिविकोपार्जन गर्ने चक्रघट्टा गापा वडा न-४ सुन्दरपुरका ७०  घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । स्थानीय युवा समाजसेवी शेख मोहम्मद वैशले जनाएको छ । वडा न-४ का वडाध्यक्ष अब्दुल अहद कवाडीको उपस्थितमा स्थानीय वरिष्ठ समाजसेवी मौलाना जाकिर हुसैन र समाजसेवी अब्दुल हसन नुरीले स्थानीय  युवा समाजसेवी शेख मोहम्म  वैशको नेतृत्वमा  प्रति घरपरिवारको दरले २५ किलो चामल,१ किलो दाल,१ लिटर खाने तेल,२ वटा साबुन,१ किलो सोयाबिन,१ किलो चिनी,१ किलो नुन र १ किलो चिउरा लगायतका खाद्यान्न सामाग्री वितरण गरेको HESRA ले जनाएको छ ।     बिगत २७ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेको HESRA ले लकडाउन सुरु भएदेखि हालसम्म २ हजार भन्दाबढी पिडित घरपरिवारलाई राहत वितरण गरिसकेको वैशले जानकारी गराएको छ ।

No comments:

Post a Comment