Saturday, May 16, 2020

सर्लाही र रौतहट जिल्लाको सिमामा पर्ने रामनगर गाउँपालिकाकी एक १८ वर्षिया युवतीमा कोरोना भाइरस पोजेटिभ पुष्टि

मनोज यादव-----
सर्लाही ,जेठ ३ सनिवार ।
 सर्लाहीको दक्षिणी क्षेत्र स्थित सर्लाही र रौतहट जिल्लाको सिमाना अन्तर्गत  बागमती खोलाको किनारमा पर्ने रामनगर गाउँपालिका वडा नम्बर -४ की एक १८ वर्षिया युवतीमा  काेराेना भाईरस (काेभिड-१९) पाेजेटिभ पुष्टि भएको छ ।
अाज बिहान (शनिबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेकाे विज्ञप्ति अनुसार सो कुरा पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताएको छ। ती युवती अाफै टेकु अस्पतालमा पुगेर स्वाब परीक्षण गराएकाे स्वास्थ्य मन्त्रालयबाट जानकारी अाएकाे  प्रजिअ जिसीले भने। उनी स्वाब परीक्षणका लागि कहिले काे सँग टेकु गएकाे हाे वा उतै बस्ने गरेकाे लगायत ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
    याे सँगै सर्लाहीमा काेराेना भाईरस पाेजेटिभ बिरामीको संख्या ३  जना पुगेको  छ । यसअघी जिल्लाको  धनकाैल गाउँपालिका हरकठवाका १४ वर्षीय किशाेर र हरिपुर्वा नगरपालिका पुर्वी धनकौलका ४५ वर्षीय मानसिक सन्तुलन ठिक नभएको  पुरुषमा काेराेना भाईरस पोजेटिभ पुष्टि भइसकेको  छ 

No comments:

Post a Comment