Saturday, May 16, 2020

स्कुटीको ठक्करबाट साइकल सवार बालक घाइते

सर्लाही ,जेठ ३ ।
      सर्लाहीको लालबन्दीमा स्कुटीको ठक्करबाट साइकल सवार एक १२ वर्षिय बालक घाइते भएको छ ।
      बिहीबार बिहान ९ बजेको समयमा लालबन्दी नगरपालिका वडा न-८ स्थित भित्री सडक खण्डमा लालबन्दीबाट  हिरापुर तर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ०७०२ नम्बरको स्कुटीले सोही ठाउँका १२ वर्षिय साइकल यात्री सुरज महतोलाई ठक्कर दिएको छ ।ठक्करबाट दाहिने घुँडा र हातमा चोट लागेर घाइते भएको साइकल यात्री महतोको लालबन्दी स्थित टेक्सास अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव डिएसपी मदन कुँवरले जनाएको छ ।
  स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही दुर्घटनामा घाइते भएका स्कुटी चालकको उपचार भइरहेको डिएसपी कुँवरले जनाएको छ ।


No comments:

Post a Comment