Friday, May 15, 2020

यातायात व्यवसायी र मजदुरलाई राहत वितरण

सर्लाही ,जेठ २ ।
   मधेस यातायात स्वतन्त्र मजदुर संघ मलंगवा सँग आबद्ध  सर्लाहीका  यातायात व्यवसायी तथा मजदुरलाई राहत वितरण गरिएको छ।
संघमा आबद्ध भइ सर्लाहीको सदरमुकाम मलंगवाबाट देशको विभिन्न लामो तथा छोटो दुरीमा चल्ने बसमा कार्यरत यातायात  व्यवसायी तथा मजदुरहरूलाई  राहत उपलब्ध गराइएको मधेस यातायात स्वतन्त्र मजदुर संघ मलंगवाका अध्यक्ष सरोज कुमार साहले जनाएको छ ।
   केहीदिन अगाडी , कोरोना भाइरस संक्रमण विस्तार राेक्न गरिएको लकडाउनले यातायात मजदुर तथा उनीहरूको धरपरिवारको  दैनिकी कष्टकर भएको भन्ने  समाचार एभिन्युज टिभी र योहो टिभी मा आएपछि यस लकडाउनको समयमा बेरोजगार बनेका यातायात मजदुरका  परिवारको दैनिकी केही सहज होस् भन्ने उदेश्यले  प्रति घरपरिवार २० किलो चामल,१ किलो दाल,१ लिटर खाने तेल,१ किलो नुन र आधा किलो सोयाबिन लगायतका खाद्यान्न वितरण गरिएको उनले  बताए।

No comments:

Post a Comment