लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ १८ ।
सर्लाहीमा आज(आइतवार) फेरी १० जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै जिल्लामा संक्रमितहरुको संख्या बढेर ७१ जना पुगेको छ ।
आइतवार पुष्टि भएकाहरु मध्ये हरिपुर नगरपालिकाका ७ जना र ब्रम्हपुरी गाँउपालिकाका ३ जना गरी जम्मा १० जना ब्यक्तिहरु रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराउनु भएको छ ।
No comments:
Post a Comment