Tuesday, May 12, 2020

सशस्त्र प्रहरीले बरामद गरेको लागुऔषध जनप्रतिनिधि तथा संचारकर्मीको उपस्थितिमा नष्ट

Video सहित ....
लोकतन्त्र समाचारदाता-----
सर्लाही ,बैशाख ३०
       सशस्त्र प्रहरी मलंगवाले भारतबाट नेपाल ल्याउँदै गरेको ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरि नष्ट गरेको छ ।गत २४ गते सशस्त्र प्रहरी बल मलंगवाको फोरवार्ड सीमा सुरक्षा वेश क्याम्प भेडियाहीको टोलीले बरामद गरेको प्रतिबन्धित लागुऔषध सोमबार जनप्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको छ ।
    लकडाउनको समयमा पनि खुला सिमाको फाइदा उठाउँदै नेपाल भारत  सिमावर्ती बजार सोनवर्षाबाट मलंगवा वडा न-१ भेडियाही गाउँको बाटो भएर नेपाल तर्फ बोरामा लुकाइछिपाई ल्याउँदै गरेको १०० ml को वारलेक्स झोल ९८ बोतल बरामद गरि नष्ट गरेको  फोरवार्ड सीमा सुरक्षा वेश भेडियाहीका इन्चार्ज  सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण अधिकारीले जनाएको छ ।बरामद गरिएको उक्त   लागूऔषध  सोमबार साँझ वडा न-१ भेडियाहीका  वडाध्यक्ष राजकिशोर यादव र स्थानीय सञ्चारकर्मीहरुको उपस्थितीमा नष्ट गरेको भेडियाहीका इन्चार्ज सशस्त्र प्रहरी नायब निरिक्षक अधिकारीले जानकारी गराएको छ ।लागुऔषध लिएर आउँदै गरेको ब्यक्ति सिमामा डिउटी गरिरहेका  सशस्त्र प्रहरीको छ जना पैदल  टोलीलाई  देख्ने बित्तिकै बोरा  बाटोमै फालेर फरार भएको अधिकारीले जनाएको छ ।
      लकडाउनको अवस्थामा पनि लागुऔषध ओसारपसारको क्रम बढेको देखेर त्यस्ता चोरबाटोहरुमा सशस्त्र प्रहरीको टोलीले चौबीसै घण्टा कडाइसाथ निगरानी बढाएको सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक संजित सिंहका  संचारकर्मीहरु लाई जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment