Saturday, May 23, 2020

सर्लाहीको सदरमुकाममा ५० बेडको अस्थायी कोरोना विषेश अस्पताल(आइसोलेसन वार्ड) संचालनमा आयो

 भिडियो सहित....





सर्लाही जेष्ठ १० ।
      सर्लाहीका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा ठुलो संख्यामा  कोरोना भाइरस संक्रमित ब्यक्तिहरु भेटिन थालेपछि  जिल्लाको सदरमुकाम मलंगवामा ५० बेडको अस्थाई कोरोना विशेष  अस्पताल (आइसोलेसन वार्ड) को निर्माण भएको छ ।
     आज (सनिवार )बाट संचालनमा आएको उक्त विशेष अस्पतालमा सनिवार फेलापरेका  गोडैता नगरपालिकाका १२ जना संक्रमितहरुलाई राखेर उपचार प्रकृया अगाडी बढाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जनाएको छ ।  प्रादेशिक अस्पताल जनकपुर र क्षेत्रिय अस्पताल बिरगंजमा  संक्रमितहरुलाई  राख्न ठाँउको अभाव भएपछि बाध्य भएर सदरमुकाम मलंगवा स्थित वडा न-२ मा  रहेको सन्तअल्पा माई नर्सिग कलेजमा  ५० बेडको अस्थाई कोरोना बिशेष अस्पतालको निर्माण गर्नुपरेको प्रजिअ जिसीले बताएको छ ।
    प्रदेश नम्बर २ सरकारले  नेपाल भारत सिमावर्ती जिल्लाहरुमा भारतबाट आएका ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भेटिन थालेपछि समाजिक विकास मन्त्रलयले पर्सा, बारा, धनुषा, सिरहा र सप्तरीका विभिन्न ठाउँमा  आइसोलेसन वार्ड स्थापना गरेपनि सर्लाहीमा भने निर्माण भएको थिएन ।यहाँ फेला परेका संक्रमितहरुलाई जनकपुर र बिरगंज पठाउनुपर्ने बाध्यता थियो ।ठुलो संख्यामा फेलापरेका  संक्रमित ब्यक्तिहरुलाई एकैसाथ  लान एम्बुलेन्सको समेत अभाव हुँदै आएकोले जिल्लामै अस्थाई कोरोना विशेष  अस्पताल (आइसोलेसन वार्ड) को निर्माण भएपछि अवस्था केही सहज भएको प्रजिअ जिसीले बताएको छ ।
     उक्त अस्पतालमा राखिएका संक्रमितहरुको रेखदेख तथा उपचारका लागि  स्वास्थ्यकर्मीको विशेष  टोली सहित सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।


No comments:

Post a Comment