Saturday, May 16, 2020

प्रहरी द्वारा प्रदेश न-२ का सांसद अशोक यादव उपर भएको ज्यादती प्रति समाजवादी युवा संघको आपत्ती ,दोषीले माफी माग्नु पर्ने माग


लोकतन्त्र समाचारदाता---
सर्लाही ,जेठ ३ ।
समाजवादी युवा संघ प्रदेश युवा समितीले   जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश न-२ का प्रदेश सभा सदस्य तथा प्रदेश मामिलाका सभापति अशोक यादव उपर प्रदेशको राजधानी जनकपुरधाममा प्रहरीले गरेको दुर्ववहार प्रति आपत्ती जनाउँदै घटनाको घोर भत्सर्ना गरेको छ ।संघका मुख्य सचिव ओम यादव(मनिष) द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत उक्त घटनाको भत्सर्ना गरिएको हो ।
     आफ्नो काम कर्तव्य निर्वाह गर्ने क्रममा मन्त्रालय तथा प्रदेश सभा आवतजावत गर्नुपर्ने भएकोले केही आवश्यक कागजपत्र लिनका लागि प्रदेश सांसद यादवले आफ्नो चालकलाई आफ्नो गाडीका साथ पठाएको तर निजलाई प्रहरीले नियन्त्रणमा लिएर मन्त्रालय जान नदिएको साथै माननीय ज्युले भन्दा समेत पुर्वाग्रह सहितको नश्लिय चरित्र प्रस्तुत गरेको साथै  प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले समेत हेपाहा शैलीमा कुरा गर्नु खेदपुर्वक  रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।बागमती प्रदेश नुवाकोटका माननीय काठमाडौ आवतजावत गर्दा सम्मान पुर्वक कुरा गर्ने तर त्यहीँ मधेसी मुलका माननीय सँग हेपाहा शैलीमा कुरा गर्नु नेपाल प्रहरीको चरित्र विभेद पुर्ण रहेको स्पष्ट देखिन्छ ।तसर्थ त्यस्ता नश्लिय चरित्रको व्यवहार प्रति युवा सँगको घोर आपत्ती रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।त्यस्ता व्यक्तिले यथाशिघ्र माफी माग्नु पर्ने र सम्बन्धित निकायले त्यस्ता क्रियाकलाप गर्ने ब्यक्ति र संस्थालाई यथाशीघ्र कार्यवाही गरिनुपर्ने विज्ञप्ति मार्फत युवा संघले जोडदार माग गरेको छ ।
    यस्तो नश्लिय व्यवहार नसच्चिए युवा संघ कडा कदम चाल्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी समेत दिएका छन् ।
   

No comments:

Post a Comment