Friday, May 29, 2020

सर्लाहीमा आज २ जना पत्रकार सहित थप ४ जनामा कोरोना संक्रमणको पुष्टि



लोकतन्त्र समाचारदाता----
सर्लाही, जेठ १६ । 
     सर्लाहीमा दुईजना पत्रकार सहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रवार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीको मलंगवा नगरपालिकामा २ जना पत्रकार   र कौडेना गाउँपालिकामा  २ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।
     गत जेठ १२ गते सोमबारका दिन सदरमुकाम मलंगवा वडा न-२ स्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा अग्रपंक्तिमा  रहेर समाचार रिपोर्टिङ गर्दै आएका सञ्चारकर्मीहरु, एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा फाँटमा रहेर काम गर्ने प्रहरीहरु गरि जम्मा ३९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये आज २९ जनाको रिपोर्ट  आज आएको छ  भने ११ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको श्रोतले जनाएको छ । पुष्टि भएका संक्रमितहरु मध्ये कौडेना गापाका २ जना ब्यक्ति  रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडी मात्र उनीहरू  भारतबाट  नेपाल आएका थिए ।उनीहरू  क्वारेन्टाइनमा बस्दै आएका थिए ।
     संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको  र  उनीहरुलाई मलंगवाकै अस्थाइ कोरोना विशेष अस्पताल   (आइसोलेशन वार्डमा) राख्ने तयारी भइरहेको जनाएको  छ।
यो सँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या बढेर ४५ पुगेको छ । 

No comments:

Post a Comment