Saturday, May 9, 2020

मलंगवामा बेलुका ५ बजेदेखि बेलुका ७ बजे सम्म मात्र पसल खोन पाउने/अतिआवश्यक सामान बाहेकका पसलहरु खोल्न नपाइने


सर्लाही , बैशाख २७
     विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले देशभर लागू गरेको लकडाउन सर्लाहीको सदरमुकाम मलंगवामा खुलेआम उलंघन गरि बजार बिहानैदेखि खोलेपछि सो कार्यबाट समाजमा पर्न गएको नकारात्मक असरलाई मध्ये नजर गर्दै जिल्ला स्तरमा गठित जिल्ला स्तरीय संरचनाको बैठकबाट सामाजिक दुरीको पालना गर्दै बेलुका ५ बजेदेखि बेलुका ७ बजे सम्म पसलहरु संचालन गर्ने निर्णय भएको छ ।
   बैठकबाट खाध सामाग्रीहरुको बिक्रीवितरण गर्ने पसल, माछामासु ,फलफुल तरकारी ,कृषि बीउ बिजन तथा  पाठ्य सामाग्री बिक्रीवितरण गर्ने पसलहरु खोल्न पाउने निर्णय भएको छ ।  यस बाहेकका पसल तथा होटलहरु बन्द गर्ने निर्णय भएको समितिले जनाएको छ ।
    सरकारले  प्रदेश नम्बर २ का आठवटै जिल्लालाई रेड जोनमा राखेको छ ।

No comments:

Post a Comment