Saturday, May 30, 2020

आर्थिक वर्ष २०७७/०७८ ,सर्लाहीको बजेट ६ अर्ब १६ करोड ३२ लाख



लोकतन्त्र समाचारदाता------
सर्लाही जेष्ठ १७  ।
       सर्लाही जिल्लामा  आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १६ करोड ३२ लाख रुपैया बजेट विनियोजन भएको छ ।
विहिवार संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक गर्नु भएको बजेटमा सो बराबरको रकम विनियोजन गरिएको हो ।
     गत विहिवार    ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका सहित २० ओटा स्थानीय तह भएको सर्लाहीमा  संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले   समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान  गरी जम्मा ६ अर्ब १६ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गर्नु भएको हो । 
      विनियोजित बजेट अनुसार   जिल्लामा सवैभन्दा बढी बजेट प्राप्त गर्ने स्थानीयतहमा लालबन्दी नगरपालिका परेको छ । लालबन्दी नगरपालिकाका लागि ५२ करोड ५० लाख बजेट विनियोजन भएको छ भने सवैभन्दा कम हरिपुर्वा नगरपालिकाले २५ करोड ६३ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै  हरिवन नगरपालिकाले ४६ करोड ९३ लाख रुपैया ,बरहथवा नगरपालिकाकाले  ४५करोड ७५ लाख रुपैयाँ, ईश्वरपुर नगरपालिकामले  ४३ करोड ५२ लाख, गोडैता नपामा ४० करोड ९३ लाख यस्तै मलंगवा नपाले ३६ करोड ७३ लाख, बलरा नपाले ३३ करोड ५९ लाख, बागमती नपाले ३२ करोड ४१ लाख, कविलासी नपाले ३१ करोड ३० लाख र हरिपुर नपाले २९ कराेड ७ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
     यसैगरी  ब्रह्मपुरी गाउँपालिकाले सवैभन्दा बढी बजेट प्राप्त गरेको छ भने सबैभन्दा कम पर्सा गाउँपालिको भागमा परेको छ । ब्रह्मपुरीले २७ करोड ५४ लाख ,पर्सा गाउँपालिकाले १८ करोड ६६ लाख ,चन्द्रनगर गाउँपालिकाले २३ करोड ८२ लाख, कौडेना गापाले २३ करोड १६ लाख, चक्रघट्टा गापालेले २२ करोड ३४ लाख, रामनगर गापाले २१ कारोड ४४ लाख, बसबरिया गापाले २० कराेड ९८ लाख, धनकौलले २० करोड १३ लाख र विष्णु गाउँपालिकाले १९ करोड ८९ लाख बजेट प्राप्त गरेको छ ।

No comments:

Post a Comment