Friday, May 22, 2020

एकैसाथ १५ जनामा कोरोना संक्रमण देखिएपछि गोडैता नगरपालिका सिल ,औषधि पसल बाहेक अन्य कुनै पसल तथा संघसंस्था संचालन नगर्न नगरपालिकाको निर्देशन



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ ९ गते ।
     भारत सँग सिमा जोडिएको सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका सबै वडाहरु  आज(शुक्रवार)बाट सिल गरिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं बाट प्राप्त नतिजा अनुसार  नगरपालिका भित्रका विभिन्न क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको पिसिआर टेष्ट गराउँदा  एकैसाथ १३ जनामा कोरोना भाइरस(कोभिड १९) पोजेटिभ  पुष्टि भएपछि उच्च सर्तकता अपनाउँदै नगरपालिका अन्तर्गतका सबै (१ देखि १२ )वडाहरु आजबाट सिल गरिएको नगरप्रमुख देवेन्द्र यादवले जानकारी गराएको छ ।
    आज(शुक्रवार)दिउँसो एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र संचालित औषधि पसल बाहेक अन्य सबै पसलहरु, बैंक तथा वित्तीय संस्था ,गैरसरकारी संघसंस्था र नगरकार्यपालिकाको कार्यालय अतिआवश्यक काम बाहेक अर्को सूचना नहुन्जेल सम्मको लागि बन्द गरिएको नगरप्रमुख यादवले बतानुभएको छ। 
  भारतका विभिन्न प्रान्तमा रोजगारीको लागि गएका नेपाली नागरिकहरु दुबै देश बिच आवतजावत बन्द भइ सिमानाका सिल गरिएकाले पारीबाट(भारत) लुकिछिपी चोर बाटो प्रयोग गरेर आउने ब्यक्तिहरुमा कोरोना भाइरसको  संक्रमण देखिएपछि  भारतसँग  सिमाना जोडिएका सबै स्थानीय तहका बासिन्दा तथा सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई  सर्तक रहन स्थानीय प्रशासनले  निर्देशन दिएको छ ।



No comments:

Post a Comment