Saturday, May 2, 2020

चुलेसीमा लडेर एक नाबालकको ज्यान गयो

लोकतन्त्र समाचारदाता----
सर्लाही , वैशाख २० 


   सर्लाहीको हरिवनमा चुलेसीमा लडेर एक नाबालकको ज्यान गएको छ ।
    हरिवन नगरपालिका वडा न-१ भोक्टेनिमा स्थानीय सद्दाम साह फकिरको ४ वर्षिय छोरा अफसल साह वर्षाको  पानीमा नुहाएर घर फर्किदा आफै घरको आँगनमा रहेको चुलेसीमा अनियन्त्रित भएर लड्दा चुलेसीले काटेर ज्यान गएको प्रहरीले जनाएको छ । चुलेसीमा लडेर गम्भीर घाइते भएका नाबालकको स्थानिय डावरी बजार स्थित एक मेडिकलमा  समान्य उपचार पश्चात थप उपचारको लागि हरिवन स्थित नमुना अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको छ ।
 मृतक नाबालकको जिल्ला अस्पताल मलंगवामा  पोष्टमार्टम गरि शव आफन्तलाई बुझाएको  इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

No comments:

Post a Comment