Saturday, May 2, 2020

लामो समयदेखि जारी लकडाउनका कारण यातायात मजदुरलाई खान–बस्नको समस्या /मजदुरलाई विश्व श्रमिक दिवसको अनुभुति गराउन सरकारले तत्कालै राहतको व्यवस्था गर्नुपर्ने

मनोज यादव---
सर्लाही ,बैशाख २० ।video
      लामो समयदेखि जारी लकडाउनका कारण खान बस्नको समस्या भोगिरहेका  सर्लाहीका यातायात मजदुरहरू सरकार सँग राहतको   व्यवस्था गर्न आग्रह गरेका छन् । सवारीसाधन लिएर विभिन्न ठाउँमा पुगेका चालक र सहचालकहरू एक्कासी घोषणा भएको लकडाउनले जहाँको त्यहीँ फसेर अलपत्रमा परेको सर्लाही बस व्यवसायी संघका अध्यक्ष शिवशंकर यादवले बताए ।लगातार लकडाउनको अवधी बढ्दै जाँदा उनीहरूको अवस्था नाजुक बनेको यादवले भने ।
    सर्लाहीको सदरमुकाम मलंगवा बाहेक कौडेना, गोडैता, बलरा,बरहथवा, बयलबास, हरिपुर्वा, संग्रामपुर, पर्सा लगायतका ग्रामीण क्षेत्रका बसपार्क क्षेत्रमा पुगेका यातायात मजदुरहरू लकडाउन बढ्दै जाँदा झन् समस्यामा परेका छन् । मलंगवाबाट दैनिक ६५ वटा बस देशका विभिन्न सहर तथा गाउँका लागि छुट्ने गरेका छन् ।प्रत्येक बसमा चालक, सहचालक र कन्डक्टर गरि तीनजना यातायात मजदुरहरु काम गर्छन् ।ती सबै यातायात मजदुरहरुमा खानाको  अभावको समस्या देखिएको संघको भनाइ छ ।
     अहिलेको कोरोना संकटबाट साहुको बस, ट्रक, अटो  चलाउने हजारौं  चालक तथा सहचालक बेरोजगार बनेका छन् ।  त्यसमा पनि दैनिक ज्यालादारी रूपमा काम गर्नेहरु बढी  मर्कामा छन् । उनीहरू र उनीहरूमा आश्रित परिवारलाई सरकारले राहतको प्याकेज ल्याउनुपर्ने संघका अध्यक्ष यादवले बताए । बैंकबाट कर्जामा निकालेको सवारीसाधनको किस्ता तिर्न नसकेर व्यवसायीहरु समस्यामा परेका छन् । सर्लाही बस व्यवसायी संघका अनुसार ९० प्रतिशत व्यवसायीले बैंकबाट कर्जा लिएर किस्तामा गाडी निकालेका  छन् । एउटा गाडीमा ८० प्रतिशतसम्म बैंक  तथा सहकारीको लगानी हुन्छ । काम गर्न नपाए पछि छाक टार्न समस्या भइरहेको बेला बैंकले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीको गुनासो छ ।  देशभर बन्दाबन्दीको घोषणा भए पछि सरकारले यातायात क्षेत्रलाई राहत दिने कार्यक्रमको घोषणा भए पनि त्यो घोषणामा मात्र सीमित भएको यातायात व्यवसायीहरूले बताएका छन् । अहिलेसम्म सरकारबाट कुनै किसिमको सहुलियत र राहत नपाएको उनीहरूको भनाइ छ ।सरकारले  बन्दाबन्दी अवधिभरको ब्याज छुटको व्यवस्था गर्नुपर्ने , यातायात मजदुर र उनीहरुको परिवारको लागि राहतको व्यवस्था गर्नु पर्ने  माग गरेका छन्  ।
      विश्वभर अन्तराष्ट्रिय विश्व श्रमिक दिवस मनाइरको अवस्थामा नेपालमा भने दैनिक ज्यालादारी गरेर आफ्नो र आफ्नो परिवारको हातमुख जोड्दै आएका मजदुरको घरमा लकडाउनका कारण चुल्हो बल्न छाडेको छ ।मजदुरहरुलाई श्रमिक दिवसको अनुभुती गराउन सरकारले तत्कालै राहतको व्यवस्था गर्नु पर्छ ।

No comments:

Post a Comment