Saturday, May 2, 2020
कोरोनाविरुद्धको औषधि स्वीकृत, अमेरिकामा बिरामीमा प्रयोग गर्न सुरु
काठमाडौँ ,बैशाख २०
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड-१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधि प्रयोग गर्न स्वीकृत दिएको छ ।
गिलिएड साइन्स नामक निर्माण कम्पनीले उत्पादन गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले प्रयोगका लागि अनुमति दिएको बिबिसीले जनाएको छ । एफडिएले रेमिडिसिभरलाई कोभिड-१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसँगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज भएको छ ।
अमेरिकामा यसको प्रयोग पनि सुरु भएको छ । यसअघि कोभिड-१९ का बिरामीको उपचारमा चिकित्सकहरु “क्लिनिकल ट्रायल” को रुपमा बिभिन्न औषधि प्रयोग गरी उपचार गर्न बाध्य भएका थिए ।
अब चिकित्सकहरुले उपचार गराइरहेका कोरोना भाइरसका बिरामीलाई “रेमिडिसिभर” दिन प्रेस्क्रिप्सनमा लेख्न पाउने छन् । तर अस्पताल भर्ना भएका प्रत्येक बिरामीलाई भने रेमिडिसिभर सिफारिस गर्न पाइने छैन । गम्भीर प्रकृतिका बिरामीलाई मात्र प्रयोग गर्न वैज्ञानिकहरुले आग्रह गरेका छन् ।
यसै हप्ताको सुरुवातमा अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले रेमिडिसिभर औषधिको बृहत अध्ययनले कोभिड-१९ का बिरामीलाई छिट्टै निको पार्न सकिने प्रष्ट संकेत देखिएको बताएका थिए । रेमिडिसिभरलाई यसअघि इबोला भाइरसविरुद्धमा प्रयोग गर्न गिलिएड साइन्सले निर्माण गरे पनि उपचारमा सकरात्मक नतिजा देखिएको थिएन ।
गिलिएडका सिइओ डेनियल वोडेले भने, “हामी अब भाइरसविरुद्धको औषधि प्रयोगमा ल्याउन तयार भर्यौ । यो औषधिले कोरोना संक्रमितलाई ठूलो सहयोग गर्नेछ ।” रेमिडिसिभरलाई सुरुमा ईन्ट्राभेनस थेराफी (आइभी) मार्फत सिकिस्त बिरामीलाई प्रयोग गरिने वोडेले बताएका छन् ।
एफडिएले रेमिडिसिभरलाई स्वीकृत गर्नु अघि शुक्रबार ह्वाइट हाऊसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसहित एफडिए कमिस्नर स्टेफन हाङ, औषधि निर्माणकर्ता कम्पनी गिलिएड साइन्सका सिइओ डेनियल वोडे, हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजर लगायतको बैठक बसेको थियो । (योहो समाचार)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment