Sunday, June 14, 2020

आजबाट लकडाउन खुकुलो, कुन कुन क्षेत्र खोल्न पाइन्छ


आजबाट लकडाउन खुकुलो, कुन कुन क्षेत्र खोल्न पाइन्छ ?
काठमाडौँ जेष्ठ ३२
   - सरकारले आजबाट लकडाउन खुकुलो गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी आजबाट विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ ।
पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ ।
लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन् । अबको २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइनेछ । त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् । यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ ।
सरकारी कार्यालय असार १ बाट खुल्नेछन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चराण्मा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन् । गत ११ चैत्रबाट लकडाउन ७८ दिनपछि खुकुलो भएको हो ।
पहिलो चरणमा आजबाट खुल्ने सेवा र कार्य :
१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४. फोहोरमैला व्यवस्थापन
५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११. विकास आयोजना ९निजी क्षेत्रबाट प्रवर्द्धितसमेत०
१२. निर्माण कार्य ९निजीसमेत०
१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५. क्वारेन्टिनका लागि तोकिएका होटल
१६. बिजुलीका सामान बिक्री र मर्मत
१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेसनरी
१९. सबै प्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका कार्यालय
२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
योहो खबर

No comments:

Post a Comment