Monday, June 22, 2020

नागरिकता विधेयकको विरोधमा जनता समाजवादी युवा संघद्वारा मलंगवामा प्रदर्शन

      "
नगर परिक्रमाको क्रममा   सामाजिक दुरी कायम गरिएको "

लोकतन्त्र समाचारदाता ----
सर्लाही ,असाढ ८
    विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी युवा संघ सर्लाहीले सदरमुकाम मलंगवामा नगर परिक्रमा गरि विरोध प्रदर्शन गरेको छ ।
    नेपाली पुरुषले  दोस्रो र तेस्रो मुलुकबाट विवाह गरेर ल्याएकी  महिलालाई विवाह गरेको ७ वर्ष पछि मात्र नेपाली नागरिकता दिने नेकपाको सचिवालय बैठक बाट गरेको निर्णय प्रति  जनता समाजवादी युवा सघं घोर भत्सर्ना गरेको बताउँदै  यस्तो निर्णय मधेशी लाई लक्षित गरेर गरिएकोले  यस प्रस्ताव लाई अविलम्ब  खारेज नगरे ठूलो विद्रोह हुने समभावना  देखा परेकोले उक्त व्यवस्था हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको आयोजकले बताएको  छ। हाम्रो पार्टी विवाह पछि तत्काल नागरिकता दिनुपर्ने  पक्षमा रहेको युवा संघ सर्लाहीका युवा नेता सोहन कुमार झाले बताए ।
    सोमबार दिउँसो  पार्टीको   भातृ संगठन युवा संघ सर्लाहीको  सदस्यहरुको उल्लेखनीय सहभागीतामा निकालिएको रैली  विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर  सदरमुकाम मलंगवाको विभिन्न भागको परिक्रमा गरेका थिए ।रैलीमा कोरोना भाइरसको संक्रमणलाई ख्याल राख्दै रैलीमा सहभागीहरुलाई सामाजिक दुरीको पालना गर्न र अनिवार्य रुपमा  माक्स लगाउन निर्देशन दिइएको युवा नेता झा ले  भने।

No comments:

Post a Comment