Tuesday, June 16, 2020

सिमा विवाद कै बिच भारत हिँडेकी सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्कायो


सिरहा,असार २
     सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् ।
असार १६ गते सिमा नाका बन्द रहे पनि उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।
सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाईले बताएकाछन् ।
सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको हो । ती अधिकृतले भने, अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । त्यसपछि सांसद गिरी फिर्कीएकीहुन । सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ ।

No comments:

Post a Comment