Sunday, June 7, 2020

मलंगवा नगरपालिकाले सर्लाहीका ६० जना पत्रकारको बिमा गरे


सर्लाही,जेष्ठ २५ । 
    कोरोना भाईरस (कोभिड-१९) बाट नेपालमा पनि सञ्चारकर्मीहरु संक्रमित हुन थालेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा सर्लाहीको मलङ्ग्वा नगरपालिकाले जिल्लाका ६० जना सञ्चारकर्मीहरुको कोरोना विमा गरिदिएको छ ।
नगरपालिकाले नेपाल पत्रकार महासंघ सर्लाही शाखामा आवद्ध रहेका ४१ जना सञ्चारकर्मी र सर्लाहीस्थित विभिन्न सञ्चार गृहमा कार्यरत रहेका १९ जना सञ्चारकर्मी गरि जम्मा ६० जना सञ्चारकर्मीहरुको विमा गरेको पत्रकार महासंघ सर्लाही शाखाका सहसचिव सत्यप्रकाश यादवले जानकारी गराएको छ । 
१ लाख बराबरको रकम जिल्लाका ६० जना सञ्चारकर्मीहरुको विमा गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी दिए । विमाका लागि आवश्यक सम्पुर्ण रकम मलङ्ग्वा नगरपालिकाले सहयोग गरेको हो ।
विमा गरेका सञ्चारकर्मीहरुलाई कोरोना संक्रमण देखिएमा विमा बापतको विमांक रकम प्राप्त हुने सहसचिव यादवले जनाएको  छ । विमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको
अध्यक्ष ठाकुरले बताए ।

No comments:

Post a Comment