Monday, June 8, 2020

सोमबार (आज)दुई छुट्टाछुट्टै दुर्घटनामा एक वृधा र एक बालिका घाइते



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २६
  एकैदिन सर्लाहीको दुई  छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी एक वृधा  र एक बालिका गरि २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जिल्लाको हरिऔन नगरपालिका वडा न-३ सासापुरकी ६५ वर्षिया वृद्धा सेतीमाया हेन्जन र बरहथवा नगरपालिका वडा न-५ का ३ वर्षिय गोलु दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
     सोमबार दिउँसो हरिवन नपा-३ सासापुर स्थित भित्री सडकमा लालबन्दी नपा वडा न-१ निवासी ४५ वर्षिय मदन कुमार सिंहले चलाएको ना ४९ प ३५७५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँकी ६५ वर्षिय वृधा हेन्जन घाइते भएकी हुन ।उनको हात र खुट्टामा चोट लागेको अवस्थामा हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी सोही दिन बरहथवा नपा वडा न-५ स्थित भित्री सडक खण्डमा शंकरपुरबाट बरहथवा तर्फ जाँदै गरेको BR 06A M 5919 नम्बरको मोटरसाइकलले ठक्कर दिंदा आफ्नै घर अगाडि खेलिरहेका ३ वर्षिय बालक दास घाइते भएको छ ।उनको बरहथवा स्थित हनुमन्त अस्पतालमा उपचार भइरहेको छ ।घाइते दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एव डिएसपी मदन कुवँरले लोकतन्त्रलाई जनाएको छ ।

No comments:

Post a Comment