Monday, June 22, 2020

नागरिकता विधेयकको विरोधमा मलंगवामा काँग्रेसको प्रदर्शन




लोकतन्त्र समाचारदाता-----
सर्लाही,असाढ ८
    नेपाली काँग्रेस सर्लाहीले अंगीकृत नागरिकता ऐन संशोधन विधेयकको विरोधमा सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
     नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिला (बुहारी)लाई ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिने नेकपाले गरेको निर्णयको विरोध गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले  प्रदर्शन गरेका हुन् । मधेस विरोधी नागरिकता विधेयक खारिज गर,विभेदकारी निति खारिज गर,भ्रष्टाचारी सरकार मुर्दावाद,कोरोनाको १० अर्व रुपैयाको हिसाब पारदर्शिता लगायतका नाराहरु लेखिएका प्लेकार्ड सहित नगरको परिक्रमा गरि विरोध प्रदर्शन गरेको पार्टीका सदस्य  सलेमपुर निवासी  दिनेश राय(मास्टर) ले बताएको छ ।वडा न-१० स्थित सहित चौकबाट सुरु भएको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद चौकमा पुगेर कोणसभामा परिणत भइ  बर्तमान कम्युनिष्ट सरकारको तानाशाह प्रवृत्ति , कठोर विधेयक निती, मधेस विरोधी   नागरिकता विधेयक, कोरोना माहामारी (कोभिड-19)मा भएको अरबौं रुपैयाँको भ्रष्टाचार लगायतका विषयमा पार्टीका प्रमुख नेताहरुले आआफ्नो धारणा राखेका थिए ।
     आइतवार दिउँसो भएको प्रदर्शनमा नेपाली  काँग्रेस सँग आबद्ध जिल्ला भरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय  सहभागीता रहेको थियो ।


No comments:

Post a Comment