Friday, June 19, 2020
सर्लाहीमा कुखुराको मासु महंगियो
सर्लाहीमा कुखुराको मासु
लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ ५
लकडाउनमा ब्रोइलरको उत्पादन घटेपछि अभाव देखाउँदै सर्लाहीका व्यापारीले कुखुराको मासु दोब्बर महँगोमा बेच्न थालेका छन् । पोल्ट्री फर्ममा लकडाउन सुरु भएसँगै चल्लाहरु नथपेको ,दाना उपलब्ध नभएको र भएका कुखुराहरु पनि नष्ट भएको जस्ता कारणहरु देखाएर यहाँका ब्यापारीहरु कुखुराको मासुको भाउ बढाएको उपभोक्ताहरुले बताएका छन् ।
लकडाउन सुरु भएको बेला जिउँदो बोइलर कुखुरा प्रतिकिलो मात्र १२० रुपैया र काटेर १५० रुपैया प्रतिकिलोमा बिक्री भएको थिय ।तर विस्तारै यसको मुल्य बढेर अहिले प्रतिकिलो ३८० रुपैयादेखि ४ सय रुपैया प्रतिकिलोमा बिक्री भइरहेको छ ।
कहीँकहीँ अलिअलि भएको कुखुरा पोल्ट्री फर्मका संचालकले नै महँगोमा बेच्ने गरेकाले मासुको मूल्य बढेको मासु व्यापारीले दाबी गरे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment