video पनि हेर्नुस् .....
सर्लाही ,जेष्ठ २३ ।
लगातारको लामो लकडाउनका कारण आजित बनिसकेका सर्लाहीका ग्रामीण भेगका केही स्थानका स्थानीय महिलाहरु कोरोना भाईरस भगाउन पूजा गर्न थालेका छन् । कोरोना माता रिसाएकै कारण कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै जिल्लाका दक्षिण-पश्चिम क्षेत्रका स्थानीय महिलाहरु बिहान नुहाइ धुवाइ गरेर खुला चौरमा पंक्तिबद्ध बसेर सामूहिक रुपमा पूजा सुरु गरेका छन् ।
त्यस क्षेत्रका स्थानीय महिलाहरु रिसाएकी कोरोना मातालाई मनाएर समाजलाई कोरोना भाइरस मुक्त बनाउनका लागि आफुहरुले पुजा आराधना सुरु गरेको बताएका छन् । सर्लाहीका ग्रामीण भेगमा मात्र नभइ पढेलेखेका र बौद्धिक स्तरका मानिसहरुको बसोबास रहेका सदरमुकाम मलंगवाका महिलाहरु पनि पछिल्लो केहीदिन देखि कोरोना भगाउन सामूहिक पूजा गरिरहेको देख्ने गरिएको छ ।
No comments:
Post a Comment