Friday, June 19, 2020

पर्सा गाउँपालिकाले नयाँ भवन बनाउन सुरु गरे



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ ५
    सर्लाहीको नेपाल भारत सिमावर्ती पर्सा गाउँपालिकाले आफ्नै निजी भवन बनाउन सुरु गरेको छ ।गत बुधबार गाउँपालिका अध्यक्ष किशुनदेव रायले  शिलान्यास गरि  पर्सा बजारमा साबिकको वडा कार्यालयको पुरानो भवनमा संचालन हुँदै आइरहेको गाउँपालिका कार्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएको हो ।
   हालको गाउँपालिका कार्यालय अगाडि रहेको गाउँपालिकाकै आफ्नो जग्गामा नयाँ भवन निर्माणका लागि यस वर्ष ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रायले जानकारी दिए । भवनको तल्लो तल्लामा बजार राख्ने र माथिल्लो तल्लामा गाउँपालिकाको कार्यालय संचालन गर्न मिल्ने गरी नयाँ भवन बनाउन लागिएको उहाँले बताउनुभयो ।पुरानो भवनमा रहेको तीन वटा कोठाबाट पूरै गाउँपालिका कार्यालय संचालन गर्नुपर्दा सेवा प्रवाहमा  समस्या भइरहेकोले नयाँ भवन निर्माण गर्न लागेको  गापा अध्यक्ष रायले बताए ।
   साविकको संग्रामपुर , पर्सा, जिंगडवा र नारायणपुर गाविस मिलेर बनेको पर्सा गाउँपालिकामा छ वटा वडाहरु रहेका छन् ।

No comments:

Post a Comment