Sunday, June 21, 2020

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा प्रदर्शन


भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन
काठमाडौँ,असाढ ७
      भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ ।
जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीको महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । वीरगञ्जको मालपोत चोकबाट सुरु भएको विरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभा सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको र धकेलाधकेल भएपछि प्रहरीले महानगर अध्यक्षसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।र्‍यालीमा सहभागिहरुले झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दाबाद लगायतका नारा लगाएका थिए ।
योहो खबरबाट

No comments:

Post a Comment