Friday, June 26, 2020

हरिपुर्वाका स्वास्थ्य स्वयंसेविकाहरुले साइकल पाए



लोकतन्त्र समाचारदाता---
सर्लाही ,असाढ १२
     हरिपूर्वा नगरपालिकाका ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुले साइकल पाएका छन् ।सर्लाहीको हरिपुर्वा न.पा वडा न- ५ मा  रहेका  ८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई  एक कार्यक्रमका  बिच  साइकल वितरण गरिएको हो ।
    बिहिवार  वडाध्यक्ष बिजय कुमार यादबको अध्यक्षतामा  एक कार्यक्रमको आयोजना गरि कार्यक्षेत्रमा उनीहरूको मनोबल उच्च बनाउने र काम गर्न समेत सहज बनाउने उदेश्यले वडा न-५ का ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुलाई एकएकवटा साइकल प्रदान गरिएको हरिपुर्वाका स्थानीय पत्रकार मुकेश झाले जानकारी गराउनुभयो । वडा कार्यालयको प्रांगणमा आयोजना भएको साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सियाराम रायले प्रत्येक वडामा  साइकल वितरणको बजेट छुट्टयाइएको भएपनि अहिले सम्म वडा नम्बर ४ र ५ मा मात्र साइकल हस्तनान्तरण गरेको र यसै अषाढ भित्र केही वडाहरुमा पनि  साइकल हस्तान्तरण  गरिदिने बताउनुभयो ।
   हरिपूर्वा नगरपालिका अन्तर्गतका  ९ वटा वडामा रहेका  ३ वटा स्वास्थ्य चौकीमा जम्मा  ६० जना महिला स्वास्थ्य  स्वयंसेविकाहरु हाल कार्यरत रहेका  छन ।

No comments:

Post a Comment