Sunday, June 7, 2020

मलंगवामा एम्बुलेन्समा राखेर चरेस तश्करी, ८ किलो चरेस सहित तीनजना पक्राउ



लोकतन्त्र समाचारदाता -----
सर्लाही ,जेष्ठ २५ ।
   मुस्लिम युथ हेल्प कमिटी मलंगवा नामक गैरसरकारी संस्थाको   एम्बुलेन्समा राखेर भारत तर्फ लादै गरेको ८ किलो प्रतिबन्धित लागुऔषध चरेस सहित तीनजना युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मलंगवा वडा न-८ निवासी ४० वर्षिय रामदुलार राय,निजका सहयोगी वडा न-४ का २४ वर्षिय नथुनी ठाकुर र एम्बुलेन्स चालक वडा न-३ का २८ वर्षिय मोहन राय यादव रहेका छन् ।

     जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुँवरले लोकतन्त्रलाई दिनुभएको जानकारी अनुसार सनिवार राति साढे ११ बजेको समयमा केही ब्यक्तिहरु सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल भारत सिमानजिक पर्ने झिलमिलिया माई मन्दिरको बाटो भएर  ठुलो मात्रामा लागुऔषध चरेस भारतको सोनवर्षा तर्फ लादै गरेको प्राप्त सूचनाको आधारमा जिप्रका मलंगवाबाट प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएका प्रहरी टोलीले राय र ठाकुरलाई चरेशको पोका सहित नियन्त्रणमा लिएर सोधपुछ गर्दा ज १ च १४०७ नम्बरको एम्बुलेसका चालक मोहन राय यादवले यसकार्यमा आफुहरु लाई सहयोग गरेको बताएपछि आज (आइतवार) बिहान एम्बुलेन्स चालक यादवलाई पनि नियन्त्रणमा लिएर एम्बुलेन्स खानतलासी गर्दा १३५ ग्राम चरेस बरामद भएको छ ।
     पक्राउ तीनैजनालाई हिरासतमा लिएर थप अनुसंधान भइरहेको प्रहरीले बताएको छ ।एम्बेस्सी प्रहरी हिरासतमा राखिएको छ ।

No comments:

Post a Comment