Tuesday, June 16, 2020

सर्लाहीको मलंगवामा एकैसाथ १६ जनामा कोरोना संक्रमण पुष्टि , मलंगवामा संक्रमितको संख्या २५ पुग्यो

मलंगवामा  संक्रमितको संख्या २५ पुग्यो

लोकतन्त्र समाचारदाता-----
सर्लाही, असार २
   सर्लाहीको सदरमुकाम मलंगवामा आज (मंगलवार) एकैसाथ १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस संगै सर्लाहीमा संक्रमित हुनेहरुको संख्या ५ सय २६ पुगेको छ ।
    आज संक्रमण पुष्टि भएकाहरु मध्ये मलंगवा वडा नं. १ मा २ जना, वडा नं.३ मा ३ जना, वडा नं. ४ मा १ जना, वडा नं. ६ मा २ जना, वडा नं. ७ मा सबै भन्दा बढि ६ जना, वडा नं. ९ मा १ जना र वडा नं. ११ मा १ जना गरी जम्मा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर  जिसीले जानकारी दिए ।
     मलंगवाबाट गत जेठ १७ गते ८६ जना र जेठ १९ गते  ८६ जना गरी जम्मा १ सय ७२ जनाको स्वाब पिसिआर प्रविधिबाट परिक्षणका  लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु , काठमाडौं पठाइएको थियो । जस मध्ये जेठ ३२ गते ७४ जनाको रिपोर्ट नेगेटिभ आएको मलंगवा नगरपालिकाका मेयर निरसल साहका स्वकीय सचिव गजेन्द्र साहले जानकारी दिए ।बाँकी रहेका  ९८ जना मध्ये १६ जनाको मात्र रिपोर्ट आएको  साहले बताए ।
   यस अघि मलंगवाका  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सबैजना उपचार पछि घर फर्किसकेका छन् ।।मलंगवा नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या २५ पुगेको छ ।

No comments:

Post a Comment