Thursday, June 11, 2020

दलित हत्याकाण्डका दोषी उपर कार्यवाहीको माग गर्दै मलंगवामा धर्ना




लोकतन्त्र समाचारदाता------
सर्लाही जेष्ठ २९
       संयुक्त दलित संघर्ष समिति सर्लाहीले सदरमुकाम मलंगवामा स्थित सहिद पार्कमा  एकघण्टा धर्ना दिएको छ ।
       समितिका सदस्यहरु  जातीय अधारमा नरसंहार गरि ६ जनाको हत्या र रुपन्देही जिल्लाको देवदह नगरपालिकाका  अंगिरा पासिको हत्यारालाई कानुन बमोजिम हदैसम्मको कारवाही  र पीडित लाई न्यायोचित क्षतिपूर्ति सहित माग राखी बुधबार दिउँसो एकघण्टा धर्ना दिएका हुन ।  संघर्ष समितिले ती दुवै घट्नाका दोषीलाई कानून बमोजिम हदै सम्मको कडा कार्वाही र पीडितलाई न्यायोचित क्षतिपूर्तिको माग राखी सर्लाही जिल्लाको सदरमुकाम मलङ्वाको सहिद चौकमा एक घण्टा धर्ना दिएका राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही अध्यक्ष राजेश पासवानले जानकारी द
संघर्ष समिति सह-संयोजक रामनरेश मन्डलको नेतृत्वमा धर्ना बसेको संघर्ष समितिले यस अघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत पठाइए सकेको छ । धर्नामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र मानव अधिकार रक्षक संजाल सर्लाहीको समेत सहभागिता रहेको थियो । दलित अधिकारकर्मी, मानवअधिकारकर्मी र विद्यार्थीहरुले समेत धर्नामा ऐक्यवद्धता जनाएका छन् । धर्ना कार्यक्रममा प्रमुख अतिथि को रुपमा दलित संस्थापक नेता गोबिन्द पासवानको समेत सहभागिता रहेको राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही अध्यक्ष राजेश पासवानले जानकारी दिए  । धर्नामा  विद्यार्थी नेता महेश पासवान, मानवअधिकारकर्मी शुन्दरश्याम राय, मानवअधिकारकर्मी मुकेश मिश्रा, दलित अधिकारकर्मी बिनोद कुमार महरा, कामेश्वर पासवान, अजय कुमार राम, अन्जु बैठा, गोबिन्द कुमार पासवान, अमन कुमार पासवान, प्रमोद पासवान लगायत जिल्लाका विभिन्न क्षेत्रबाट भेला भएका दलितहरुको सहभागिता रहेको रा.द.स.क.संघका अध्यक्ष पासवानले जानकारी दिए ।
    जातीयताको आधारमा हुने सबैखाले विभेद कानुनले समेत बर्जित गरेको अवस्थामा जातीय आधारमा नरसंहार सम्मको घटना हुनु दलित समुदाय र न्यायप्रेमी आम नागरीकको लागि मान्य नहुने दलित अगुवाहरुले बताएका छन् । उनीहरुले रुकुम काण्ड र अंगिरा पासी हत्याकाण्डका दोषीले सजाय नपाउँदा सम्म दलित आन्दोलन नरोकिने बताएका छन् ।
    पहिलो दिन (बुधवार )एक घण्टा मात्रै धर्ना बसेका उनीहरुले विहिवार(आज) २ घण्टा धर्ना दिएका छन् । आवश्यकता अनुसार दवाब सिर्जना गर्न धर्ना लगायत विरोधका कार्यक्रमहरु थप्दै लैजाने संघर्ष समितिले  बताएको ।

No comments:

Post a Comment