Tuesday, June 2, 2020

मंगलबार २१ जना कोरोना संक्रमित थपिए सँगै सर्लाहीमा संक्रमित हुनेको संख्या १ सय ३१ पुग्यो


लोकतन्त्र समाचारदाता-----
 सर्लाही,जेष्ठ २० ।
     सर्लाहीमा आज फेरी २१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको  ब्रम्हपुरी गाउँपालिकामा एक महिला सहित १२ जना र बलरा नगरपालिकाकामा एक प्रहरी जवान सहित ९ जना गरी जन्मा २१ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभएको छ।

      केहीदिन अगाडि ब्रम्हपुरी गापा र बलरा नपाको क्वारेन्टाइनबाट संकलन गरिएको स्वाब  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । आज आएको रिपोर्ट अनुसार ब्रम्हपुरी गापा वडा न-४ त्रिभुवननगरका एक महिला सहित ३ जना, वड न-६ पिपराका ३ जना र वडा न-२ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र राउतले जानकारी दिनुभएको  छ ।यस अघि ब्रम्हपुरी गापा मै ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

   यस्तै बलरा नगरपालिका वडा न-२  हथियौलका १ जना, वडा नं- ३ लक्ष्मीपुरका १ जना, वडा न-४ मा रहेको प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवानमा, वडा नं- ६ का १ जना, वडा नं- ९ का ३ जना र वडा नं- १० सुदामाका २ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको बलरा नगरपालिकाका मेयर अभय सिंहले जानकारी दिनुभयो ।संक्रमित प्रहरी जवानको घर कुन जिल्लामा रहेको हो भन्ने बारे हाल जानकारी नभएको मेयर सिंहले जनाएको छ ।
    सोमबार  कविलासी नगरपालिकामा रहेको प्रहरी चौकीमा कार्यरत एक जना प्रहरीको आरडिटी टेष्ट पोजेटिभ आएको थियो। यो सँगै  सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ सय ३१ पुगेको छ । भारतबाट नेपाली नागरिकहरुको आवागमन बढेसँगै जिल्लामा संक्रमितको संख्या पनि बढेको छ ।

No comments:

Post a Comment