Friday, June 12, 2020

सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झडप, सशस्त्रले चलाएको गोली लागेर ३ जना भारतीय नागरिक घाइते (भिडियो रिपोर्ट सहित)

(भिडियो रिपोर्ट सहित)



सर्लाही, जेठ ३०
    सर्लाहीको पर्सा गाउँपालिका वडा न-३ नारायणपुरमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झड्प हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागि तीनजना भारतिय नागरिकहरु घाइते भएका छन् ।
       बोडर सिलका कारण आफुहरुलाई समस्या भएकोले बोडरबाट हट्नु पर्ने माग लिएर आज(शुक्रवार) बिहान ९ बजेको समयमा २०-२५ जनाको समूहमा आएका भारतीय नागरिकहरु ९ जनाको समूहमा डिउटीमा रहेका सशस्त्रका सुरक्षाकर्मीहरु माथि हातपात गरि  जबर्जस्ती हतियार खोसेर लान खोजेपछि उनीहरुलाई रोक्न  हवाइ फायर गरेर उनीहरुबाट हतियार फिर्ता लिएर आएपछि  केहीबेर मै बोडर छेउमा रहेको गाउँबाट सयौंको संख्यामा आएका भारतीय नागरिकहरु सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरु माथि ढुंगामुढा गर्न थालेपछि वाध्य भएर भिडमाथि गोली चलाउनु परेको सशस्त्रका सुरक्षा अधिकारीले जानकारी दिए ।भिडमाथि चलाइएको गोली लागेर तीनजना भारतीय नागरिक घाइते भएका छन् ।उनीहरुलाई उपचारका लागि उतै लगिएको छ  भने भारतीय नागरिकहरुले चलाएको  ढुंगामुढाबाट सशस्त्र तर्फका तिनजना सुरक्षाकर्मीहरु समेत घाइते भएका छन् ।घाइते सुरक्षाकर्मीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए
   केही दिन अगाडी नेपाल भारतको सिमाना पर्ने  सर्लाहीको विष्णु गाउँपालिका वडा न-२ स्थित पकडिनाकामा  अवैध रुपमा नेपाल प्रवेश गरि सामान भित्राउँदै गरेका भारतीय  नागरिकहरुलाई सिमामा खटिएका सशस्त्र प्रहरीले  रोक्न खोजेपछि दुइपक्ष बिच  झडप भएको थियो  ।झडपको क्रममा डिउटीमा खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा गरि हतियार खोसेर लान खोजेपछि उनीहरुलाई रोक्न एक राउन्ड हवाइ फायर गर्नु परेको थियो   ।
        बोडरमा गरिएको  कडाइका बाबजुद पनि दुवैदेशका नागरिकहरु लुकिछिपी लागुौषध तथा घरायसी  सामानहरुको ओसारपसार गर्दै आइरहेका छन् ।
    घाइतेहरुको सितामढी मा उपचार चलिरहेको छ ।ढिलो गरि प्राप्त समाचार अनुसार एकजनाको मृत्यु भएको बताइएको छ।
   








No comments:

Post a Comment