Thursday, June 18, 2020

शम्भु सदाको यादमा मलंगवामा दिप प्रज्वलन



लोकतन्त्र समाचारदाता----
 सर्लाही ,असाढ ४
      धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत्यु भएका शम्भु सदाको आत्माको चिर शान्ति र न्यायको लागि सर्लाहीको मलंगवा  नगरपालिकाका युवाहरु श्रद्धाञ्जली सभाको आयोजना गरि दिप प्रज्वलन गरेका छन् ।
    बुधबार साँझ मलंगवा नपा वडा न-१० स्थित सहिद चौकमा स्थानीय युवाहरू द्वारा जम्मा भएर दवाब स्वरुप मैन बति बाल्दै शम्भु सदाको आत्माको चिर शान्तिको कामना गरी दोषीलाई पक्राउको लागि दवाब दिएको सभामा सहभागी स्थानीय युवा अमलेश शर्माले बताएको छ  ।

No comments:

Post a Comment