Friday, June 26, 2020

सर्लाहीबाट एकैदिन ४६ किलो गाँजा सहित ३ जना पक्राउ



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ १२      
      प्रहरीले सलार्हीको बागमती नगरपालिका वडा न-१२  स्थित एकघरबाट लुकाएर राखेको  ४१ किलो लागुऔषध गाँजा सहित घरधनीलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा घरधनी बर्ष ३६ का सन्ते ब. ब्लोन रहेका छन् । गोप्य सूचनाको आधारमा २ नं. प्रदेश  प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय  हरिवन बाट खटिएको संयुक्त प्रहरी टोलीले घरको खानतलासी गर्दा घरभित्र  लुकाएर  राखेको ४१ किलो लागुऔषध गाँजा बरामद गरेको हो । निजलाई बरामद गरेको गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको  छ।
   त्यस्तै जिल्लाकै नेपाल भारत सिमावर्ती विष्णु गाउँपालिका वडा न-१ बाराउधोरणबाट ५ किलो गाँजा सहित २ जना ब्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बरहथवा न.पा वडा न-११ बस्ने बर्ष ३२ का  शिबधन मुखिया र सोही ठाउँका ४० वर्षिय  ब्रह्मदेव राय रहेका छन् । उनिहरुलाई प्रहरी चौकी बाराउधोरण बाट खटिएका प्रहरी टोलीले  BR30 C 6809 र BR30 M 5819 न. को मोटरसाईकलमा ५ किलो गाँजा लिएर भारत तर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएका छन् ।
     बागमती न.पा बाट नियन्त्रणमा लिएको  धरधनी ब्लोन र बाराउधोरणबाट नियन्त्रणमा लिएको मुखिया र राय  विरुद्व लागुऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान भइरहेको डिएसपी  कुवँरले लोकतन्त्रलाई जानकारी दिए।





No comments:

Post a Comment