Wednesday, June 24, 2020

मलंगवा नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तावित बजेट ५५ करोड ४३ लाख ७२ हजार माथि छलफल सुरु


लोकतन्त्र समाचारदाता-----
सर्लाही,असाढ १०
    मलंगवा  नगरपालिकाको छैटौ नगरसभा बुधबार मलंगवामा सुरु भएको छ ।  संघीय सांसद नागेन्द्र कुमारले उद्घाटन गरेको नगर सभाले आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तावित ५५ करोड ४३ लाख ७२ हजार बजेटको निति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
    कार्यक्रमको अध्यक्षता गर्नु भएका नगर प्रमुख  निरसल साहले आ.व २०७७/०७८ मा यस नगरपालिकाको कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट  नागरिकको जीवन जीवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित बनाउने,उपलब्ध श्रोत साधन ,क्षमता र अवसरको उच्चतम परिचालन गरि रोजगारीको अवसर श्रृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,चालु आ.व का अधुरा वार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्न ।दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।सामाजिक ,आर्थिक र पुर्वाधार विकास मार्फत नगरवासीहरुको जीवनस्तर माथि उठाउने ,संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने र असल शासन प्रवर्द्धन गरि स्थानीय सेवा प्रवाह प्रभावकारी बनाउने योजना रहेको जानकारी गराउनुभएको छ ।नगर उपप्रमुख शान्ती भन्ने शबनम मिकरानीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सामाजिक विकास अन्तर्गत जनस्वास्थ्य ,शिक्षा,लैंगिक समानता ,समावेशीता र सामाजिक परिचालन ,युवा तथा खेलकुद,पुर्वाधार विकास , आर्थिक विकास तर्फ कृषि तथा पशुपंक्षी विकास ,श्रम तथा रोजगार सहकारी ,पर्यटन तथा खानेपानी सरसफाइ विपद व्यवस्थापन तथा अनुगमन मुल्यांकन ,स्थानीय सेवा ,जनशक्ति विकास व्यवस्थापन तथा सुशासन प्रवर्द्धन र अन्तर सम्बन्धित क्षेत्र र राजश्व परिचालन तथा वित्तीय व्यवस्थापन लगायतका विषयहरुमा छलफल तथा सुझाव संकलन सुरु भएको नगरप्रमुख साहका स्वकीय सचिव गजेन्द्र साहले जानकारी गराएको छ ।
     संघीय सांसद प्रमोद साहको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रदेश २ का सांसद निरा कुमारी साह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,पुर्व सांसद जंगीलाल राय,प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी,मनपाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,प्रहरी नायव उपरीक्षक मदन कुवँर,विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधि ,मलंगवा  नगरपालिका अन्तर्गत१२ वटै वडाका वडाध्यक्षहरु,सदस्यहरु , नगरपालिका कर्मचारी , लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नगरपालिकाका कार्यक्रम अधिकृत राजकुमार अधिकारीले गर्नुभएको थियो ।

No comments:

Post a Comment