Monday, June 29, 2020

रामनगर हत्याकाण्डको विषयमा धनकौकमा नेकपा र काँग्रेस कार्यकर्ता बीच झडप, गोली र लाठी चल्यो /गोलीको छर्रा लागेर १० जना भन्दाबढी घाइते

घटनाको सम्बन्धमा दुवै पार्टीको फरक फरक भनाइ
==================================
   


लोकतन्त्र समाचारदाता---
सर्लाही, असार १५
     आज साँझ सर्लाहीको उत्तर -पश्चिम क्षेत्रमा पर्ने  धनकौल गाउँपालिकामा सत्तारूढ नेकपा र विपक्षी नेपाली काँग्रेसका  कार्यकर्ताहरु बीच दोहोरो झडप भएको छ । झडपको क्रममा गोली चल्दा दुवै तर्फका कयौं कार्यकर्ताहरु घाईते भएका  छन् । 
   दुवै पार्टीका कार्यकर्ताहरु बीच भएको झडपको क्रममा गोली   चल्दा गोलीको छर्रा लागेर १० जना भन्दा बढी ब्यक्तिहरु घाईते भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । झडपमा लठी पनि चलेको र सो को प्रहारबाट  ४ जना स्थानीय ब्यक्तिहरु पनि घाईते भएको उहाँले जानकारी दिनुभयो । उक्त  झडपमा २ जना प्रहरी कर्मचारीहरु समेत घाईते भएको उहाँले ले बताउनुभयो । झडप नियन्त्रणमा लिन प्रहरी द्वारा ४ राउण्ड आँशु ग्यास पनि प्रहार गरिएको छ । 
    धनकौल गाउँपालिकाका स्थानीय प्रत्यक्षदर्शीका अनुसार रामनगर गाउँपालिकाको बहुअर्वामा भएको  नेकपा कार्यकर्ताको हत्याको बिरोधमा धनकौल गाउँपालिकामा आइतवार साँझ   निकालिएको मसाल जुलुसमा स्थानीय काँग्रेसका कार्यकर्ताले गोली चलाएपछि झडप सुरु भएको हो । झडप तथा गोली प्रहारबाट नेकपाका  कयौं नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ । सामान्य  घाईतेहरुको बरहथवा स्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने गम्भीर घाईतेलाई बीरगंज तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 
    यता नेपाली नेपाली काँग्रेसका नेता एवं प्रदेश न-२ सांसद बिरेन्द्र सिंहले नेकपाका कार्यकर्ताहरुले नै आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको  आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुस काँग्रेस कार्यकर्ता धिरु वर्माको घर अगाडी टायर बालेको  साथै कुटपिट गरेको सांसद सिंहको भनाई छ । नेकपा कार्यकर्ताको कुटाईबाट आफ्ना ६ जना कार्यकर्ताहरु घाईते भएको उहाँले दावी गर्नुभयो । 
    उक्त झडपको सम्बन्धमा दुवै पक्षका कार्यकर्ताको फरक फरक भनाइ आइरहेको छ ।घटना स्थलमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु   परिचालन गरिएको छ ।              




No comments:

Post a Comment