Wednesday, June 10, 2020

हरिवन नगरपालिकाका वडाध्यक्षहरु सामाजिक सुरक्षा भत्ता लिएर नागरिकको घरदैलोमा पुगे ।



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २७।
     सर्लाही जिल्लाको  हरिवन नगरपालिकाका वडाध्यक्षहरु सामाजिक सुरक्षा वापत वितरण गरिने रुपैया लिएर आफ्ना नागरिकहरुको घरघरमै पुगेका छन् ।।गत जेष्ठ १५ गते  मेयर गणेश प्रसाईले सामाजिक सुरक्षा भत्ता लिएर वडाअध्यक्षहरु घर घरमै आउने घोषणा गरे अनुसार वडाअध्यक्षहरु भत्ता लिएर नागरिकका घरघरमै पुगेका हुन्  ।
  मेयर प्रसाईले घोषणा गरे अनुसार हरिवन नगरपालिका अन्तर्गतका सबे वडाका वडाध्यक्षरु  आफ्ना सहयोगी र बैंकका कर्मचारीलाई साथमा लिएर नागरिकको घरघरमा पुगेर भत्ता वितरण गरेको मेयर प्रसाईंका स्वकीय सचिव युवराज आचार्यले  बताउनु भयो । झण्डै तीन महिना  लामो लकडाउनको मार झेलिरहेका नागरिकहरु  जनप्रतिनिधी स्वयं घरघरमा  आएर हातमै भत्ता दिँदा आफुहरुलाई चर्को घाममा बूढो शरीर लिएर पैदल   हिडेर  बैंक सम्म जानु नपरेको भन्दै जेष्ठ नागरिकहरुले  खुशि व्यक्त गरेका छन् ।
    नगरपालिकाको  तथ्यांक अनुसार हरिवनमा दलित बालबालिका सुरक्षा भत्ता र बालपोषण अनुदान भत्ता लिने सहित सामाजिक सुरक्षा भत्ता बुझ्नेहरुको संख्या ६ हजार ८ सय २८ रहेको छ ।

No comments:

Post a Comment