Tuesday, June 9, 2020

गोडैतामा पिसिआर रिपोर्ट नेगेटिभ आएका ब्यक्तिहरुलाई अबिर लगाएर डिस्चार्ज गरियो



सर्लाही ,जेष्ठ २७ ।
   सलार्हीको गोडैता नगरपालिका अन्तर्गतका  क्वारेइन्टाइनमा रहेका १ सय ५१ जना ब्यक्तिहरुको कोभिड-१९ को पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शुभकामना दिंदै अबिर लगाएर डिस्चार्ज गरिएको छ।
    नेपाल भारत सिमा नजिक पर्ने  गोडैता नगरपालिकाका ९ वटा क्वारेन्टाइनमा रहेका २०५ जना ब्यक्तिहरु मध्ये १५१ जनाको  कोरोना भाइरस(कोभिड-१९) परिक्षण रिपोर्ट नेगेटिभ आएपछि एकहप्ता घरमै होम क्वारेनटिन भएर बस्न भनी निर्देशन दिएर उनीहरूलाई सामुहिक रुपमा अबिर लगाएर घर पठाइएको  स्वास्थ शाखा प्रमुख प्रमोद पंडित ले बताउनुभएको छ ।घर पठाइएका सबैजनाको  अभिभावक सँग एकहप्ता घरमै बस्ने सर्तनामामा हस्ताक्षर गराएर  जिम्मा लगाएको स्वास्थ्य शाखा प्रमुख पंडितले लोकतन्त्रलाई जनाएको छ ।
   उनीहरूको गएको जेष्ठ १६ गते स्वाब संकलन गरि पिसिआर टेस्टका लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला, टेकु काठमाडौं पठाइएको थियो।

No comments:

Post a Comment