Thursday, June 4, 2020

कोरोना भगाउन ग्रामीण भेगका महिलाहरु सामुहिक पुजा गर्दै




सर्लाही ,जेष्ठ २२ ।
     लगातारको लामो लकडाउनका कारण आजित बनिसकेका  सर्लाहीका ग्रामीण भेगका  केही स्थानका स्थानीय  महिलाहरु कोरोना भाईरस भगाउन पूजा गर्न थालेका छन् । कोरोना माता रिसाएकै कारण कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै जिल्लाका  दक्षिण-पश्चिम   क्षेत्रका स्थानीय महिलाहरु बिहान नुहाइ धुवाइ गरेर  खुला चौरमा  पंक्तिबद्ध बसेर सामूहिक रुपमा पूजा सुरु गरेका छन् ।
    त्यस क्षेत्रका स्थानीय  महिलाहरु रिसाएकी कोरोना मातालाई मनाएर समाजलाई कोरोना भाइरस मुक्त बनाउनका लागि आफुहरुले पुजा आराधना सुरु गरेको बताएका छन् । सर्लाहीमा मात्र नभइ छिमेकी  रौतहट जिल्लाका महिलाहरु पनि पछिल्लो  केहीदिन देखि  कोरोना भगाउन सामूहिक पूजा गरेका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाईरल भइरहेका छन् । 

No comments:

Post a Comment