Saturday, June 27, 2020

सर्लाहीमा ४ सय ३५ जना बिरामीहरु कोरोनाबाट निको भएर घर फर्के




सर्लाही,असाढ १३
    सर्लाहीमा हाल सम्म ४ सय ३५ जना कोरोना संक्रमित बिरामीहरु आइसोलेसनबाट निको भइ डिस्चार्ज  भएर घर फर्केका छन् । निको भएर डिस्चार्ज हुने बिरामीहरु जिल्लाको सदरमुकाम मलंगवा  लगायत हरिवन , हरिपुर नगरपालिका तथा  ब्रह्म्पुरी गाउँपालिकाका रहेका छन् ।
    सर्लाहीमा अहिले सदरमुकाम मलंगवा नगरपालिका स्थित सन्त अल्पामाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको जिल्लाकै पहिलो अस्थाई  कोरोना विशेष अस्पताल सहित   हरिपुर नगरपालिका  ,हरिवन नगरपालिका ,बरहथवा नगरपालिका,हरिपुर्वा नगरपालिका, इश्वरपुर नगरपालिका , बागमती नगरपालिका तथा  चन्द्रनगर र विष्णु गाउँपालिका  गरी १० वटा स्थानीय तहमा आइसोलेसन कक्ष संचालनमा रहेको छ । जिल्ला भरीमा हाल सम्म पुष्टि भएका ६ सय १५ जना कोरोना संक्रमितहरु मध्ये ४ सय ३५ जना बिरामीहरु जनकपुर, काठमाडौं, बारा, बिरगंज र सर्लाहीका विभिन्न  आइसोलेसनहरु बाट उपचार पश्चात्  निको भएर डिस्चार्ज भइ घर फर्किसकेका छन् । १ सय ८० जनाको उपचार  भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
    सर्लाहीमा दिनदिनै  कोरोना संक्रमितहरुको संख्या  बढे पनि निको भएर घर फर्किनेहरुको संख्या पनि बढेकोले असाढ महिनाको अन्त्य सम्ममा निको भएर घर फर्किनेहरुको संख्या अझ बढ्ने जिल्ला  अस्पताल मलंगवाका मेडिकल अधिकृत एवं मलंगवा आइसोलेसन इन्चार्ज डाक्टर  रवी कुमार साहले बताए ।


No comments:

Post a Comment