Friday, June 19, 2020

मलंगवाको आइसोलेसनलाई इन्जिनियरहरु द्वारा इलेक्ट्रिक जग हस्तान्तरण



लोकतन्त्र समाचारदाता------
सर्लाही ,असाढ ५
   मधेस इन्जिनियर्स एसोसिएसन सर्लाहीले मलंगवा स्थित  कोरोना विशेष (अस्थायी) अस्पताल(आइसोलेसन)लाई ३६ थान इलेक्ट्रिक जग हस्तान्तरण गरेको छ ।
     संस्थाको  जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष  इन्जिनियर मधुरेन्द्र कुशवाहाको सभापतित्वमा सानो कार्यक्रमको आयोजना गरि  मलंगवा वडा न-२ कृष्णा चौक स्थित अस्थाई कोरोना विशेष अस्पताललाई ३६ थान इलेक्ट्रिक जग हस्तान्तरण गरेको हो ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को जाँचको क्रममा पोजेटिभ रिपोर्ट आएका बिरामीहरुको उपचारका लागि तयार पारिएको आइसोलेसनलाई सानो सहयोगको रुपमा यस संस्थासँग आबद्ध
इन्जिनियरहरुले उक्त सामाग्री प्रदान गरेको एसोसिएसनका प्रदेश न-२ का मेडिया संयोजक ई.धर्मेन्द्र कुमार यादवले बताए । आइसोेलेस परिसरमा आयोजना गरिएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष ई जितेन्द्र राय, उपाध्यक्ष ई दिपेश्वर कुमार यादव ,कोषाध्यक्ष ई विवेक कुमार झा,प्रदेश न २ सचिव ई नरेन्द्र कुमार यादव,ई युगल किशोर महतो,प्रदेश न २ सदस्य ई मनोज कुमार सहनी,ई नगेन्द्र साह,ई.रितेश पटेल लगायतको उपस्थिति रहेको थियो ।
    संस्थाले यसअघि बारा,पर्सा र रौतहट जिल्लाका अस्थाई कोरोना विशेष अस्पताल र तीनवटै जिल्लाका तीनतीन वटा स्थानीय तहहरुलाई इलेक्ट्रिक जग हस्तान्तरण गरिसकेको मेडिया संयोजक यादवले जानकारी गराए ।

No comments:

Post a Comment