Wednesday, June 10, 2020

एकसाता अगाडि लकडाउ केही खुकुलो पार्ने निर्णय बदल्दै मलंगवा बजार पुनः बन्द गरियो



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ २८
      सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिकाले लकडाउन केही  खुकुलो बनाउन खोलेको बजार बुधबारबाट पुनः बन्द गराएको छ । बजार खोल्दा भीडभाड बढ्ने र संक्रमणको जोखिम बढेकाले बजार बन्द गराइएको हो ।
   जिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रण , रोकथाम तथा उपचार कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका लागि जिल्ला स्तरमा गठित जिल्ला स्तरीय संरचनाको मलंगवा बसेको  बैठकले निर्णय परिवर्तन गरेको हो ।यसभन्दा पहिले बसेको बैठकले खाद्यान्न बिक्रीवितरण गर्ने पसल हप्ताको तीन दिन आइतवार, सोमवार र मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ,बैंक तथा वित्तीय संस्था र औषधि , पेट्रोलियम पदार्थ ,दुधजन्य पदार्थ बिक्रीवितरण गर्ने प्रत्येक दिन खुला रहने साथै मलंगवा नपा वडा न-४ को शिवसागर बजार र वडा न-२ को झण्डा बजार बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म खोल्ने र ती बाहेकका पसलहरु हप्ताको तीनदिन बुधबार ,बिहिवार र शुक्रवार खोल्ने  निर्णय गरिएकोमा सो निर्णयलाई पुनः बदल्दै बुधबारबाट पहिला खोल्न  अनुमती दिएका बैंक तथा  पसल बाहेकका अन्य सबै पसलहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको नगरप्रमुख निरसल साहले जानकारी गराउनु भएको छ ।
    यस निर्णय भन्दा पहिले बुधवारबाट अन्य पसलहरु खुल्ने भन्ने जानकारी पाएर खरिदारीको लागि आएका मलंगवा बाहिर दुरदराजका उपभोक्ताहरुलाई बजार बन्द भएको पाएपछि निरास हुँदै खालीहात फर्कनु परेको थियो ।
   


No comments:

Post a Comment