Wednesday, June 17, 2020

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेडजोनमा परेका सर्लाही जिल्लालाई पुर्ण लकडाउन गर्न निर्णय गरेपनि सदरमुकाम मलंगवामा यसको पालना भएन/ मलंगवामा मात्रै २५ जना संक्रमित


मनोज यादव------
सर्लाही ,असार ३ 
    नेपाल सरकारले असार १ गतेबाट लकडाउनलाई  खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् राखेको छ । स्वास्थ्य तथा जनसंख्या   मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ । जस अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी रहने भनिएको छ ।
  तर सर्लाहीको सदरमुकाम मलंगवामा भने सरकारको यस्तो निर्णयको कुनै असर परेको देखिदैन । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भइ सटर भाडा समेत तिर्न नसक्ने अवस्था आएको साथै  ठुलो आर्थिक मारमा परेको भन्दै सरकारले असार १ गतेबाट लागू गरेको    पुर्ण लकडाउनको निर्णयलाई लत्याएर व्यवसायीहरू आफ्ना व्यवसाय, पसल खोल्न थालेका छन् ।जसले गर्दा बजारमा भडभाड बढेको छ ।बजारमा न त सोसल डिस्टन्सिंग(सामाजिक दुरी)को पालना गरिएको छ , न त किनमेल गर्दानै व्यापारी तथा  ग्राहकहरुले व्यक्तिगत सुरक्षा सम्बन्धि कुनै पनि मापदण्डनै अपनाएका छन् ।
सदरमुकाम मलंगवा बाहेक  जिल्लाको  लालबन्दी , हरिवन, बरहथवा, इश्वरपुर बयलबास ,बागमती लगायतका  नगरपालिकाहरुले कोरोना संक्रमणको जोखिमलाई लक्षित गरि  जारी गरेको नयाँ मापदण्डको पालना गर्दै  औषधि पसल बाहेकका सबै पसल तथा व्यापार बन्द गराइसकेका छन । तर   सदरमुकाम मलंगवा नगरपालिकाका जनप्रतिनिधिहरुले भने सरकारको यस्तो निर्णयको बेवास्ता गर्दै निर्वाध रुपमा सबैखाले पसलहरु खोल्न दिएका छन् । ग्रामीण क्षेत्रमा भाडाका साना सवारीसाधनहरु पनि निर्वाध रुपमा चलेका छन् ।
     यहाँका जनप्रतिनिधिहरु आफ्नो कामप्रति गैरजिम्मेवार रहेकै कारण मलंगवालाई पुर्ण लकडाउन गर्न नसकिएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ । बजारको भिडभाडलाई हेर्दा मलंगवाको अवस्था भयावह हुने  भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
    झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिए पनि भारतसँग सिमा जोडिका कारण सर्लाहीमा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ ।जिल्लामा अहिलेसम्म  ५ सय २६ जना संक्रमितहरु फेला परिसकेका छन् ।जसमध्ये ६१ जना संक्रमितहरु मलंगवा , जनकपुर, काठमाडौं, बारा र बिरगंजबाट उपचार पश्चात् निको भइ  डिस्चार्ज भएर घर फर्किसकेका छन् ।  ४ सय ४९ जना कोरोना संक्रमित बिरामीहरु अहिले पनि मलंगवा,कविलासी , हरिपुर लगायतका  स्थानका आइसोलेसनमा उपचाररत अवस्थामा रहेका छन् ।  जिल्लामा पहिलेदेखि नै बस्दै आएका मानिसहरुमा संक्रमण नदेखिएको तर ९८ प्रतिशत भारतबाट आएका मानिसहरुमा मात्र संक्रमण देखिएकाले भारतबाट आउने क्रम घटे सँगै संक्रमितको संख्या पनि घटेकोले डराउनु पर्ने स्थिति नभएकोले अहिलेको लागि जिल्लामा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरु बन्द  गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । तर बजार व्यवस्थापनको हकमा भने लकडाउनलाई केही खुकुलो पारेको र जिल्लामा संक्रमणको  अवस्थालाई बुझेर आगामी निर्णयहरु गर्दै जाने प्रजिअ जिसीले जानकारी गराउनुभयो।
     मलंगवा नगरपालिकामा मात्रै २५ जना संक्रमितहरु पुष्टि भइसकेका छन् ।अन्य थप ब्यक्तिहरुको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

No comments:

Post a Comment