Saturday, June 13, 2020

भारतीय पुरुषलाई नेपाली पक्षले जिम्मा लगाए । भारतीय पक्षबाट मृत्यु र घाईते लगायत घटनाका विषयलाई थप अगाडी नबढाउने सहमति



@नारायणपुर घटना(Video सहित)
     

     #भारतीय पुरुषलाई नेपाली पक्षले जिम्मा लगाए 
    #भारतीय पक्षबाटमृत्यु र घाईते लगायत घटनाका विषयलाई थप अगाडी नबढाउने  सहमति 

सर्लाही, जेठ ३१
    सर्लाहीको पर्सा गाउँपालिका वडा न-३ नारायणपुरमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झड्प हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागि १ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना  घाइते भएका छन् । 
       बोडर सिलका कारण आफुहरुलाई समस्या भएकोले बोडरबाट हट्नु पर्ने माग लिएर शुक्रवार बिहान ९ बजेको समयमा २०-२५ जनाको समूहमा आएका भारतीय नागरिकहरु ९ जनाको समूहमा डिउटीमा रहेका सशस्त्रका सुरक्षाकर्मीहरु माथि हातपात गरि  जबर्जस्ती हतियार खोसेर लान खोजेपछि उनीहरुलाई रोक्न  हवाइ फायर गरेर उनीहरुबाट हतियार फिर्ता लिएर आएपछि  केहीबेर मै बोडर छेउमा रहेको गाउँबाट सयौंको संख्यामा आएका भारतीय नागरिकहरु सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरु माथि ढुंगामुढा गर्न थालेपछि वाध्य भएर भिडमाथि गोली चलाउनु परेको सशस्त्रका सुरक्षा अधिकारीले जानकारी दिए ।भिडमाथि चलाइएको गोली लागेर तीनजना भारतीय नागरिक घाइते भएका थए ।उनीहरुलाई उपचारका लागि भारतको सितामढी लगिएको र एकजनाको उपचारको क्रममा मृत्यु भएको  छ । भारतीय नागरिकहरुले चलाएको  ढुंगामुढाबाट सशस्त्र तर्फका तिनजना सुरक्षाकर्मीहरु समेत घाइते भएका छन् ।घाइते सुरक्षाकर्मीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार गरिएको  सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।सशस्त्र माथी ढुंगामुढा गरि हतियार खोस्ने  एकजना ४५ वर्षिय ललन भन्ने नवलकिशोर रायलाई हतियार सहित पक्राउ गरिएको थियो ।
       नारायणपुर नाका अन्तर्गत दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय समूहबीच भएको गोलीकाण्डमा सहमति भएको छ ।पक्राउ परेका आफ्ना तर्फका नागरिकलाई छाड्न भन्ने माग राखेर घटना स्थल नजिकै दशगजामा शुक्रवार साँझ ५ बजेदेखि धर्ना दिएर बसेका भारतीय नागरिकहरुलाई पक्राउ परेका ब्यक्ति जिम्मा लगाइपछि  उनीहरू  फर्किएका छन् । शनिबार बिहान ५ बजे कुरा मिलेपछि उनीहरु दशगजाबाट शव उठाएर हिँडेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
‘हाँमीले पक्राउ परेका एक भारतीय नागरिक जिम्मा लगाएसँगै, हिजो साँझदेखि दशगजामा मृतकको शव लिएर बसेका भारतीय सुरक्षा अधिकारी तथा स्थानीय बासिन्दाहरु सनिवार  बिहान ५ बजे फर्किएका छन्’, प्रजिअ जिसीले लोकतन्त्र सँग भने ।
शुक्रबार बिहान भारतीय समूहसँग झडपका क्रममा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा भारतीय नागरिक २७ वर्षीय विकेश कुमार रायको मृत्यु भएको थियो भने थप दुईजना गोली लागेर घाईते भएका थिए । दशगजामा ड्युटि गरिरहेका सुरक्षाकर्मीलाई आक्रमण गर्दै नेपाली भूमि भित्रै पसेर थप आक्रमण गरेपछि भारतीय समूहमाथि बाध्य भएर गोली प्रहार गर्नु परेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । हवाईफायर गरेपनि पनि भिड तितरवितर नभई थप आक्रमणमा उत्रिएकाले बाध्य भएर गोली नै प्रहार गर्नुपरेको उनको दाबी छ ।छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताईएको छ । त्यस्तै गोली लागेर भारतीय नागरिक १९ वर्षीय उमेश राम र ३२ वर्षीय उदय ठाकुर घाईते भएको बताईएको छ । उनीहरुको भारत स्थित स्वास्थ्य केन्द्रमै उपचार भईरहेको छ ।

    स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीले शुक्रवार  दिउँसैदेखि पक्राउ परेका आफ्ना  नागरिकलाई  छाड्न दबाब दिईरहेका भएपनि नेपाली पक्षले छाड्न मानेको थिएन । दिनदहाडै सिमामा खटिएका सुरक्षाकर्मीमाथि कुटपिट सहित हतियार नै खोस्नेलाई त्यसै छाड्न नसकिने भन्दै नेपाली पक्षले अडान लिईरहेको थियो । तर नेपाली पक्ष २४ घण्टापनि आफ्नो अडानमा टिक्न सकेन र शनिबार बिहान ५ बजे पक्राउ परेका भारतीय नागरिकलाई जिम्मा लगाईयो । एक सुरक्षा अधिकारीका अनुसार पक्राउ परेका भारतीय पुरुषलाई नेपाली पक्षले जिम्मा लगाएसँगै भारतीय पक्षले पनि मृत्यु र घाईते लगायत घटनाका विषयलाई थप अगाडी नबढाउने  सहमति गरेका छन् । थप अगाडी नबढाउने  सहमति
सर्लाही, जेठ ३१
    सर्लाहीको पर्सा गाउँपालिका वडा न-३ नारायणपुरमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झड्प हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागि १ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना  घाइते भएका छन् । 
       बोडर सिलका कारण आफुहरुलाई समस्या भएकोले बोडरबाट हट्नु पर्ने माग लिएर शुक्रवार बिहान ९ बजेको समयमा २०-२५ जनाको समूहमा आएका भारतीय नागरिकहरु ९ जनाको समूहमा डिउटीमा रहेका सशस्त्रका सुरक्षाकर्मीहरु माथि हातपात गरि  जबर्जस्ती हतियार खोसेर लान खोजेपछि उनीहरुलाई रोक्न  हवाइ फायर गरेर उनीहरुबाट हतियार फिर्ता लिएर आएपछि  केहीबेर मै बोडर छेउमा रहेको गाउँबाट सयौंको संख्यामा आएका भारतीय नागरिकहरु सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरु माथि ढुंगामुढा गर्न थालेपछि वाध्य भएर भिडमाथि गोली चलाउनु परेको सशस्त्रका सुरक्षा अधिकारीले जानकारी दिए ।भिडमाथि चलाइएको गोली लागेर तीनजना भारतीय नागरिक घाइते भएका थए ।उनीहरुलाई उपचारका लागि भारतको सितामढी लगिएको र एकजनाको उपचारको क्रममा मृत्यु भएको  छ । भारतीय नागरिकहरुले चलाएको  ढुंगामुढाबाट सशस्त्र तर्फका तिनजना सुरक्षाकर्मीहरु समेत घाइते भएका छन् ।घाइते सुरक्षाकर्मीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार गरिएको  सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।सशस्त्र माथी ढुंगामुढा गरि हतियार खोस्ने  एकजना ४५ वर्षिय ललन भन्ने नवलकिशोर रायलाई हतियार सहित पक्राउ गरिएको थियो ।
       नारायणपुर नाका अन्तर्गत दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय समूहबीच भएको गोलीकाण्डमा सहमति भएको छ ।पक्राउ परेका आफ्ना तर्फका नागरिकलाई छाड्न भन्ने माग राखेर घटना स्थल नजिकै दशगजामा शुक्रवार साँझ ५ बजेदेखि धर्ना दिएर बसेका भारतीय नागरिकहरुलाई पक्राउ परेका ब्यक्ति जिम्मा लगाइपछि  उनीहरू  फर्किएका छन् । शनिबार बिहान ५ बजे कुरा मिलेपछि उनीहरु दशगजाबाट शव उठाएर हिँडेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
‘हाँमीले पक्राउ परेका एक भारतीय नागरिक जिम्मा लगाएसँगै, हिजो साँझदेखि दशगजामा मृतकको शव लिएर बसेका भारतीय सुरक्षा अधिकारी तथा स्थानीय बासिन्दाहरु सनिवार  बिहान ५ बजे फर्किएका छन्’, प्रजिअ जिसीले लोकतन्त्र सँग भने ।
शुक्रबार बिहान भारतीय समूहसँग झडपका क्रममा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा भारतीय नागरिक २७ वर्षीय विकेश कुमार रायको मृत्यु भएको थियो भने थप दुईजना गोली लागेर घाईते भएका थिए । दशगजामा ड्युटि गरिरहेका सुरक्षाकर्मीलाई आक्रमण गर्दै नेपाली भूमि भित्रै पसेर थप आक्रमण गरेपछि भारतीय समूहमाथि बाध्य भएर गोली प्रहार गर्नु परेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । हवाईफायर गरेपनि पनि भिड तितरवितर नभई थप आक्रमणमा उत्रिएकाले बाध्य भएर गोली नै प्रहार गर्नुपरेको उनको दाबी छ ।छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताईएको छ । त्यस्तै गोली लागेर भारतीय नागरिक १९ वर्षीय उमेश राम र ३२ वर्षीय उदय ठाकुर घाईते भएको बताईएको छ । उनीहरुको भारत स्थित स्वास्थ्य केन्द्रमै उपचार भईरहेको छ ।
    स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीले शुक्रवार  दिउँसैदेखि पक्राउ परेका आफ्ना  नागरिकलाई  छाड्न दबाब दिईरहेका भएपनि नेपाली पक्षले छाड्न मानेको थिएन । दिनदहाडै सिमामा खटिएका सुरक्षाकर्मीमाथि कुटपिट सहित हतियार नै खोस्नेलाई त्यसै छाड्न नसकिने भन्दै नेपाली पक्षले अडान लिईरहेको थियो । तर नेपाली पक्ष २४ घण्टापनि आफ्नो अडानमा टिक्न सकेन र शनिबार बिहान ५ बजे पक्राउ परेका भारतीय नागरिकलाई जिम्मा लगाईयो । एक सुरक्षा अधिकारीका अनुसार पक्राउ परेका भारतीय पुरुषलाई नेपाली पक्षले जिम्मा लगाएसँगै भारतीय पक्षले पनि मृत्यु र घाईते लगायत घटनाका विषयलाई थप अगाडी नबढाउने  सहमति गरेका छन् ।

No comments:

Post a Comment