Saturday, June 20, 2020

बन्दै गरेको नयाँ घर भत्किदा एक वृद्धाको मुत्यु




लोकतन्त्र समाचारदाता---
सर्लाही,असार ६ ।
    सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बनाउँदै गरेको नयाँ घर भत्किदाँ एक वृद्धाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने ६५ वर्षिया  महिला देवकली देवी सिंह रहेकी छिन्  भने घाइते हुनेहरूमा  सोही ठाउँका  ७० वर्षिय  रामवरण साह ,स्थानिय  रोशन कापडकी ५ वर्षिया छोरी  गुन्जना कुमारी कापड र ३ वर्षिया जानुका कुमारी कापड घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।घर भत्किंदा स्थानीय  गोबिन्द साहको एउटा ब्याउने भैसि पनि सामन्य घाईते भएको प्रहरीले बताएको छ ।
    प्रहरीले दिएको जानकारी अनुसार बिहीबार साँझ चन्द्रनगर गाउँपालिका वडा नं- ७ बस्ने कैलास साहको नयाँ बनाउदै गरेको घरमा  खपडाको  छाना छाउने क्रममा अचानक भत्किंएर  मृतक देवकली सहित चार  जना घाइते भएका थिए । गम्भिर घाइते भएकी वृद्धाको मलंगवा -४ स्थित श्रीराम हस्पिटलमा उपचारको क्रममा बिहिवार राति मृत्यु भएको जिप्रका सर्लाहीका  प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताए । 


No comments:

Post a Comment