Monday, June 8, 2020

सोमबार (आज)सर्लाहीमा सबैभन्दा बढी १ सय २० जनामा कोरोना संक्रमण पुष्टि / ३ सय ६९ जना पुग्यो


लोकतन्त्र समाचारदाता----
सर्लाही,जेष्ठ २६ ।
     सर्लाहीमा आज (सोमबार ) एकैसाथ १२० जना कोरोना संक्रमित बिरामी थपिएको छ । यो संख्या अहिले सम्मकै सबै भन्दा बढि रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभएको छ ।यो सँगै  सर्लाहीमा संक्रमित हुनेको संख्या ३ सय ६९ पुगेको छ ।
    प्रजिअ जिसीले दिनुभएको जानकारी अनुसार  सबैभन्दा बढि ब्रह्म्पुरी गाउँपालिकामा ४३ जना, विष्णु गाउँपालिकामा ३४ जना,ईश्वरपुर नगरपालिकामा १८ जना, चक्रघट्टा गाउँपालिकामा १५ जना, बलरा नगरपालिकामा ९ जना र रामनगर गाउँपालिकामा ९ जना गरी जम्मा १ सय २० जना कोरोना संक्रमितहरु थपिएको छ । कोरोना संक्रमण  पुष्टि भएका सबैजना  भारतको विभिन्न ठाउँबाट आएका र सम्बन्धित पालिकाकाको क्वारेन्टाइनहरुमा बस्दै आएका थिए । केही दिन अगाडि उनीहरुको  स्वाब संकलन गरी पिसिआर प्रविधिबाट कोरोना परिक्षण गर्न  जनकपुर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ स्थित टेकु पठाइएको थियो ।


No comments:

Post a Comment