Monday, June 15, 2020

सर्लाही सहित यी चार जिल्लामा ‘पूर्ण लकडाउन’ कायम रहने





सर्लाही ,असार १।
    नेपाल सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ । जस अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो ।

यी चार वटै जिल्लामा ‘एक्टिभ’संक्रमण संख्या २ सय बढी छ। सर्लाहीमा ४७१, रौतहटमा ५१६, कपिलवस्तुमा ३५३, र दैलेखमा ४४३ जना संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय बढी ‘एक्टिभ’ संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नभइन्जेल लकडाउन पहिलेकै अवस्थामा लागू हुने बताएका छन् ।

शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । जसमा तीन जिल्लामा मात्र २ सय ‘एक्टिभ’ संक्रमण छ । झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो ।



1 comment: