Monday, June 29, 2020

मकैको उचित मुल्य नपाएपछि सर्लाहीका किसान चिन्तित




लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ १५
     कडा परिश्रम गरेर फलाएको मकैको उचित मुल्य नपाएपछि सर्लाहीका  किसान चिन्तित भएका छन् । लकडाउनका कारण किसानको आर्थिक अवस्था जर्जर बनेका बेला जिल्लाको उतर पश्चिम क्षेत्र बरहथवा,शंकरपुर,हजरिया, जानकीनगर, राजघाट,पत्थरकोट मुर्तिया,इश्वरपुर लगायतको क्षेत्रमा उत्पादित मकैेको उचित मुल्य नपाउँदा यस क्षेत्रका किसान थप चिन्तित भएका हुन् ।
    किसानले अपेक्षा गरेभन्दा मकैको मुल्यमा भारी गिरावट आएपछि किसानहरु मारमा परेका हुन । गतवर्ष प्रतिक्विन्टल ३हजार देखि ३ हजार पाँच सय रुपैयाँसम्म बिक्रि भएको मकै यसबर्ष भने प्रतिक्विन्टल २ हजार रुपैयाँ मूल्य पनि नपाए पछि सस्तो मुल्यमै मकै बिक्रि गर्नु परेको  किसानहरुले बताएका छन्  कतिपय किसानले  लकडाउन खुलेपछि बढिमुल्य पाउने आशामा मकै भण्डारण गरेर राखेका छन । मकै खेतीगर्दै आएका बागमती नगरपालिका ६ राजघाटका दिलचन साहले यसवर्ष मुल्यमा निकै कमि आएको गुनासो गरे । साहले गएको बर्ष दुइ बिघा जमिनमा  १ सय पचास क्विन्टल मकै उत्पादन गर्दा ४ लाख ५० हजारमा बिक्री गरेका थिए । तर यस बर्ष हावाहुरीले पनि नोकसान भयो,दुइबिघा जम्मा ८० क्विन्टल मात्र उत्पादन भएको छ । मकै किन्न ब्यापारी पनि आउदैन, आइहाले पनि दुइ हजारको क्विन्टल माग्छ, भाउ बढ्ने पर्खाइमा छु के गर्ने, किसानलाइ कहिँ कतैबाट पनि भएन उनले दुखेसो पोखे । मेहनत गरेर  र खर्च गरेर केही आम्दानी होलाकी भनेर उत्पादन गरेको मकै कौडीको भाउमा बेच्नु परेको साहले भने । ‘घरमा अलिकति भएको पैसा पनि लकडाउनमा सकियो,घरब्यवहार चलाउन सस्तोमा भएपनि बेच्नुको विकल्प छैन उनले निराश हुँदै भने ।

No comments:

Post a Comment