Friday, June 5, 2020

रुकुम र रुपन्देही घटनाको विरोधमा मधुवनगोठमा प्रदर्शन



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २३ ।
     रुकुम पश्चिम र रुपन्देहीमा घटेको जातीय घटनाको विरोध जनाउँदै  सर्लाहीको विष्णु गाउँपालिका मधुवनगोठमा विरोध प्रदर्शन गरिएको छ ।  राष्ट्रिय दलित पत्रकार संघ सर्लाही र संयुक्त दलित जागरण अभियानले बिहीबार संयुक्तरूपमा   प्रर्दशन गरेको मघुवगोठका स्थानीय दलित अधिकारकर्मी अकलेशले जनाएको छ । घटनामा संलग्न दोषिलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विष्णु गापा र गोडैता नगरपालिकाको संयुक्त कार्यक्रमको रुपमा विरोध प्रदर्शन गरिएको बैठाले बताएको छ ।

No comments:

Post a Comment