Monday, June 15, 2020

करेन्ट लागेर सर्लाहीमा एक जनाको मृत्यु





सर्लाही असार १
     सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बसबरिया गाउँपलिका वडा नम्बर– ५ बस्ने ४३ वर्षीय नरेशकुमार रामको करेन्ट लागेर मृत्यु भएको हो ।
   चक्रघट्टा गाउँपालिका वडा नम्बर– २ बेल्ही बस्ने चन्सी साहको घर छाइरहेको अवस्थामा अचानक विजुलीको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरहथवातर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।


No comments:

Post a Comment